logo

अदक्ष कामदारको तलब साढे १२ हजार रुपैयाँ भन्दा नबढाउन व्यवसायीहरुको आग्रह 

    1454   पटक पढिएको

२२ आषाढ/अर्थ र व्यापार– पुर्वका व्यवसायीहरुले अदक्ष कामदारको मासिक पारिश्रमिक न्यूनतम १२ हजार ५ सय भन्दा बढी निर्धारण नगर्न सरकारलाई आग्रह गरेका छन् ।

यदी कामदारहरुको मासिक पारिश्रमिक न्यूनतम १२ हजार ५ सयभन्दा माथि निर्धारण गरिएमा कारोबार गर्न समेत कठिन हुने व्यवसायीहरुले बताएका छन् । 

मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले महासंघले प्रस्ताव गरेको १२ हजार ५ सय मासिक पारिश्रमिक छिमेकी मुलुकका तुलनामा बढी रहेको बताएका छन् ।  मुन्दडाका अनुसार नेपालसित जोडिएको भारतको उत्तर प्रदेशमा अदक्ष कामदारको मासिक पारिश्रमिक १२ हजार १ सय ८१ रुपैयाँ, विहार र पश्चिम बङ्गाल राज्यमा दैनिक ४ सय ६ रुपैयाँ ४० पैसा रुपैयाँ छ । त्यस्तै बङ्गलादेशमा मासिक ५ हजार ३ सय बङ्गलादेशी टाका अर्थात् ६ हजार ९ सय ९२ रुपैयाँ रहेको बताए ।

नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले ‘सामान्य कुचो लगाउने र ४५ डिग्रीको तापक्रममा काम गर्नेको ज्याला समान हुनु हुँदैन’, अध्यक्ष गोल्छाले भने, ‘खतरनाक, मध्यम, सामान्य गरी विभिन्न प्रकारमा कामको विभाजन गर्दै सोही आधारमा पारिश्रमिक निर्धारण गरिनुपर्छ ।’

अध्यक्ष गोल्छाले उत्पादकत्वका आधारमा दक्ष र अर्ध दक्ष कामदारले राम्रै भुक्तानी पाइरहेका हुन्छन् । गोल्छाले भने, ‘अदक्ष कामदारको पारिश्रमिक निर्धारण गर्दा निश्चित नहुने हो भने सरकारलाई पनि भार पर्छ । तीन तहका सरकार सक्रिय भएर पूर्वाधारको निर्माण धमाधम गरिरहेका बेला आफ्नो कोषको सदुपयोग गर्नु सरकारी पक्षको पनि दायित्व भएको बताए ।

अदक्ष कामदारहरुले सामाजिक सुरक्षा कोषअन्तर्गत मासिक २५ सय ७५ पाउदै आएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।