logo

सरकारद्वारा बोनस ऐनमा संसोधन, ३० प्रतिशत रकम संस्थाको कोषमा जाने

    1132   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार  - कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पुस ९ गते प्रतिनिधिसभामा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता गरे । संविधान अनुसार देश संघियतामा गइसकेको छ । संंविधान अनुसार तीन तहको निर्वाचन पनि भइसक्यो । यो हुँदा केही कानूनलाई संघियता चिनाउन जरुरी थियो ।

सोही कानूनमा बोनस ऐन २०३० मा संसोधनको प्रस्ताव गरिएको छ । संघियता चिनाउनको लागि एकमुष्ट रुपमा एक दजर्नभन्दा बढी कानूनहरु संसोधनको प्रस्ताव गरिएको छ । जसमा बोनस ऐन २०३० अन्तर्गत कर्मचारीले पाउने बोनसलाई कटौती गर्ने प्रस्ताव गरिएको छ । अहिले कर्मचारीले कम्पनीको कर तिरेपछि गरेको नाफाबाट ९.०९ प्रतिशत रकम बोनस पाउने व्यवस्था छ । अहिले बैंक तथा वित्तीय संस्था,ठूला कर्पोरेट हाउस तथा बहुराष्ट्रिय कम्पनीले आफ्ना कर्मचारीलाई आकर्षक बोनस दिन्छन् ।

यसमा कर्मचारीले एक महिनादेखि ६ महिनाको तलबसम्मको रकम बोनसको रुपमा पाउने व्यवस्था थियो । बोनस दिएपछि बाँकी रहेको रकम ७० प्रतिशत संस्थाको कल्याणकारी कोषमा ३० प्रतिशत सरकारी कोषमा अहिले जम्मा हुने व्यवस्था थियो । त्यो ७० प्रतिशत रकमबाट आकर्षक बोनस दिने संस्थाले आफ्ना कर्मचारीको सामाजिक सुरक्षा कार्यक्रममा खर्च गर्ने गरेका थिए ।

सरकारले बोनस ऐनमा संसोधन गरेर कर्मचारीले बाडेको रकमबाट बचेको रकममा ३० प्रतिशत संस्थाको कोषमा र ७० प्रतिशत रकम जाने छ । सरकारले कर्मचारीको बोनसमा कटौती गरेको भन्दै निजी क्षेत्रले पनि असन्तुष्टी जनाएको छ । सरकारले सामाजिक सुरक्षा कोषमा त्यो रकम लैजाने व्यवस्था गरेको छ । जबकी सामाजिक सुरक्षा कोषमा दर्ता भएपछि ३१ प्रतिशत रकम कामदार र रोजगारदाताले जम्मा गरेका हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।