logo

अवैध सुनको कारोबारमा भारतीय ठेकेदारको संलग्नता, ३ किलो सुनसहित पक्राउ

    1270   पटक पढिएको

१७ आषाढ/अर्थ र व्यापार– प्रहरीले अवैध सुनको कारोबारमा संलग्न भारतीय ठेकेदारलाई शनिबार बाठमाडौंबाट पक्राउ गरेको छ ।भारतको उत्तराखण्ड जिल्ला चम्पावत टनकपुर नयाँबस्तीमा बस्ने २५ बर्षिय संजना शाह र उनको डा«ईभर दिपक कुमार मौर्य, अशोक सिंह, चन्द्रमोहन जोशीलाई प्रहरीले पक्राउ गरेको हो । 
शनिबार दिउँसो काठमाडौँ बाहिरिने नाका नागढुङ्गामा चेक गर्ने क्रममा भारतीय नम्बर युके ०२४६८४ को गाडीको फिल्टरभित्र ३ केजी सुन भेटिएको थियो । 
गाडीे चालक मनोज विकले आफूले चलाएको गाडीमा सुन भएको थाहा नभएको र गाडी संजनाको भएको जानकारी दिएपछी  निरीक्षक अनिल ठकुरीको नेतृत्वमा भएको प्रहरी टोलीले होटेलबाट संजना, अशोक र चन्द्रमोहनलाई पक्राउ गर्न सफल भयो । चालक मनोज नेपाली हुन् । संजनाको मनोजसित केही महिना अगाडि मात्र चिनजान भएको हो ।
सुन तस्करीको अभियोगमा प्रहरीले पक्राउ गरेका अशोक र संजना भारतीय ठेकेदार भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।
परिसरका एसएसपी विश्वराज पोखरेलले भने, ’उनीहरू भारतका विभिन्न निर्माण कम्पनीका ठेकेदार भएको खुलेको छ।’
प्रहरीका अनुसार अशोक ए ग्रेड र संजना सी ग्रेडका ठेकेदार हुन्। संजनासँग नेपाली र भारतीय दुवै नागरिकतासमेत रहेको छ। उनीहरू वैशाखदेखि अहिलेसम्म सोही गाडीमा चार पटक काठमाडौँ आएको देखिएको छ।
प्रहरीले बरामद गरेको तीन किलो सुन उनीहरूले काठमाडौँबाट नै खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । तर सुन काठमाडौँसम्म कसरी आइपुग्यो र कसले बिक्री गरेको भन्ने खुल्न सकेको छैन।
तीन किलो सुनको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा बढी पर्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।