logo

अवैध रकम असुली गरी कर छली गरेको आरोपमा मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध मुद्दा दायर

    1321   पटक पढिएको

२० पुस/ अर्थ र व्यापार - वैदेशिक रोजगारीमा जानेमाथि अवैध रकम असुली गरी कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध मुद्दा दायर गरेको छ । विभागले तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ । उनी पूर्व एमाले निकट नेपाल उद्योग ब्यापार संघसँग सम्बन्धित ब्यक्ति हुन् ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका तामाङमाथि आयकर छलीको मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनका अनुसार विगो ६ करोड ४ लाख र जरिवाना १३ करोड ५३ लाख गरी १९ करोड ५७ लाख रुपैयाँ मागदावीसहित मुद्दा दायर भएको छ ।

विभागले वैदेशिक रोजगारीको क्षेत्रमा पहिलोपटक अनुसन्धान अगाडि बढाएको थियो । वैदेशिक रोजगार व्यवसायीहरुले राजस्व छली गर्ने गरेको सूचनाका आधारमा विभागले कारबाही प्रक्रिया अघि बढाएको हो । तामाङ स्काई ओभरसिजका सञ्चालक हुन् । उनको मेनपावर कम्पनीको इटहरी सुनसरीमा पनि शाखा छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।