logo

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा ए लेभल र यो सरहका कार्यक्रम बन्द गर्न सिफारिस

    1054   पटक पढिएको

१० माघ/ अर्थ र व्यापार  - उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले भने ए लेभल र यो सरहका कार्यक्रम बन्द गर्न सिफारिस गरेको छ ।
एसईई परीक्षा दिएपछि सयौं विद्यार्थी ए लेभल पढ्न विभिन्न कलेजमा पुग्छन् । राम्रो ग्रेड ल्याएर ए लेभल पूरा गर्दा उच्च शिक्षाका लागि विदेश जान सजिलो हुने बुझाई विद्यार्थी र अभिभावकको छ ।

उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका– ०५९ जारी गरेर २०६१ सालदेखि विदेशी शैक्षिक संस्थाका कार्यक्रम सञ्चालमा ल्याइएको थियो । त्यसबेला प्रवीणता प्रमाणपत्र तथा हालको कक्षा ११ र १२ उच्च शिक्षाअन्तर्गत थियो र ए लेभल सरहका कार्यक्रमलाई यही निर्दे्शिका बमोजिम सञ्चालन अनुमति दिइएको थियो ।

ए लेभल सरह तथा उच्च शिक्षा दिने गरी ९५ वटा शिक्षण संस्था हाल सञ्चालमा छन् । जसमध्ये ३६ वटाले ए लेभल सरह कार्यक्रम सञ्चालन गर्छन् भने ५९ मा स्नातक वा त्यसभन्दा माथिका कार्यक्रम पनि चलाएका छन् । सबैमा गरी झण्डै १२ हजार विद्यार्थी अध्ययनरत छन् । तर, नेपाल सरकारले अहिले कक्षा १२ सम्मलाई नै माध्यमिक शिक्षा बनाएको छ । माध्यमिक शिक्षा राष्ट्रिय पाठ्यक्रम अनुसार नै हुनु पर्ने भएकाले ए लेभल सरहका कार्यक्रम बन्द गर्नुपर्ने उच्चस्तरीय शिक्षा आयोगको ठहर छ ।

शिक्षा आयोगले कूटनीतिक नियोगका सन्ततीलाई मात्र पढाउने गरी १२ कक्षासम्म शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने र त्यस्ता स्कुलमा नेपालीलाई प्रवेश नदिने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको छ । साथै उच्च शिक्षामा पनि विदेशी विश्वविद्यालयको सम्बन्धनलाई निरुत्साहित गर्ने आयोगको नीति छ ।

नेपालमा पठन पाठन हुनै नसक्ने बाहेकका विषयमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा एकै संस्थाले एकभन्दा बढी विषयमा उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्न नपाउने आयोगको सिफारिस छ । विश्वस्तरीय वरियतामा ५०० भित्र नपरेका विदेशी विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम चलाउने नपाइने व्यवस्था गर्नुपर्नेछ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।