logo
Friday, 13 June 2025, 11:26:18 am

खोटाङका भूकम्पपीडितलाई ३६ करोड तीन लाखको रकम वितरण    

    1074   पटक पढिएको

१० साउन / अर्थ र व्यापार – भूकम्पपीडितका लागि पहिलो किस्तावापत खोटाङमा हालसम्म ३६ करोड तीन लाख ७७ हजार रकम वितरण गरिएको छ । सो कार्यका लागि जिल्लामा ३७ करोड ५१ लाख १७ हजार रकम आएको थियो । कूल आठ हजार ४४३ लाभग्राही रहेको यो जिल्लामा पुरानो संरचना अनुसार दुर्छिम र चिप्रिङ गाविस बाहेकका लाभग्राहीलाई उक्त बराबरको रकम वितरण गरिएको हो ।

तथ्याङ्क संकलनका क्रममा दुर्छिम र चिप्रिङ गाविसका लाभग्राहीको नाम र सम्झौता नम्बर फरक परेकाले तत्काल वितरण गर्न नसकिएको हो । हकमा सच्याउने काम भइरहेको छ र प्राविधिक कुरा मिल्नासाथ वितरण गरिन्छ । पहिलो किस्तावापतको रकम आगामी कात्तिक मसान्तसम्म वितरण गरिने छ । लाभग्राहीका लागि जिल्लामा राष्ट्रिय वाणिज्य बैंक, सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौँ र सालपा विकास बैंक मार्फत भुक्तानी दिने व्यवस्था मिलाइएको छ ।

कमप्रभावित १७ जिल्लामध्ये लाभग्राहीका लागि छिटो रकम वितरण गर्नेमा खोटाङ पहिलो भएको दाबी समेत गरिएको छ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि जिल्लामा पुनःनिर्माणको काम भने प्रभावकारी रुपमा हुन सकेको छैन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।