logo
Sunday, 8 June 2025, 2:47:31 am

नेउवा महासंघको केन्द्रिय सदस्यमा खुमबहादुर सुवेदीले उम्मेदवारी दिने

    654   पटक पढिएको

१ चैत / अर्थ र व्यापार – नेपाल उद्योग वणिज्य महासंघको आगामी २८ र २९ चैतमा हुने निर्वाचनमा पर्यटन व्यवसायी खुमबहादुर सुवेदीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष सुवेदीले बस्तुगतको तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका हुन । उनले महासंघको बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार अञ्जनकुमार श्रेष्ठको समुहबाट महासंघको केन्द्रिय सदस्यमा उम्मेवारी दिने बताएका हुन् ।

युनिक एड्भेन्चर इनटरनेशनल प्रालिका प्रवन्ध निर्देशक सुवेदीले पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल लगायत समग्र पर्यटन क्षेत्रको प्रतिनिधीत्व गरि यसपालीको निर्वाचनमा महासंघको केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी दिने तयारी सुरु गरेका हुन । सुवेदी विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय छन । उनले ट्रेकिङ, ट्राभल तथा पर्यटक यातायात व्यवसाय सञ्चालन गर्दै आएका छन ।

टानको अध्यक्ष तथा विभिन्न पदमा रहेर सफलतापूर्वक काम गरेको आफ्नो अनुभवलाई महासंघमा लगाउने उद्देश्य लिएर आगामी निर्वाचनमा उम्मेदवारी दिने उनले बताए । ‘महासंघ मार्फत पर्यटन क्षेत्रका व्यवसायीक एजेन्डाहरुलाई लागु गर्न पहल गर्ने र महासंघको आगामी नयाँ नेतृत्वलाई सफल पार्न सक्दो प्रयास गर्ने छु’ केन्द्रिय सदस्यका उम्मेदवार सुवेदीले भने ।

महासंघमा वस्तुगत संघहरुको भूमिकालाई थप प्रभावकारी बनाउँदै वस्तुगत संघहरुका एजेन्डाहरु लागु गराउन सरकार र सरोकारवाला निकायसँग लविङ गर्ने आफुनो चुनावी एजेन्डा रहेको उनले बताए । टानको नेतृत्वमा रहँदा सरकार र अन्य सरोकारवालाहरुसँग गरेको सहकार्यले महासंघ नेतृत्वमा रहेर काम गर्न थप सहयोग पुर्याउने उनको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।