logo
Thursday, 5 June 2025, 3:27:23 pm

स्लो रफ्तारमा फास्ट ट्रयाक निर्माण आयोजना, ३ बर्षमा भौतिक प्रगती ११ प्रतिशत मात्रै   

    1526   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार– चार वर्षभित्र निर्माण सक्नुपर्ने काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको ३ बर्ष बितिसक्दा भौतिक प्रगती ११.११ प्रतिशत मात्रै रहेको छ । 

नेपाली सेनाले आगामी भदौसम्म सम्पन्न गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७३/०७४ काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको निर्माण सुरु गरेको थियो। 

लक्ष्यअनुसार निर्माण कार्य अगाडी बढेको भए अहिले दूृई तिहाइभन्दा बढी भौतिक प्रगती हाशिल गर्न सकिन्थ्यो। 

यसैबिच काठमाडौं-तराई-मधेश द्रुतमार्ग आयोजना सम्पन्न गर्नका लागि ३ बर्षको समयअवधि थप गरेको छ। नयाँ लक्ष्य अनुसार आर्थिक वर्ष २०८०/०८१ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । 

सेनाले संसदको विकास तथा प्रविधि समितिमा बुझाएको प्रतिवेदन अनुसार आयोजनामा अहिलेसम्म कुल गर्नुपर्ने खर्च मध्ये ९.५२ प्रतिशत मात्रै खर्च भएको उल्लेख छ । 

प्रतिवेदन अनुसार जग्गा अधिग्रहण, रुख काटन, सर्भे तथा डिजाइन, सडक निर्माण, अन्तर्राष्ट्रिय सुरुङमार्ग निर्माण, पुल निर्माण र एक्सप्रेस-वे निर्माण लगायतका कुनै पनि काममको भौतिक प्रगति शत प्रतिशत छैन ।

७२ किलोमिटरको द्रुतमार्गमा १०.५९ प्रतिशत खण्डमा सुरुङमार्ग र ६.४१ प्रतिशत खण्डमा पुल निर्माण गर्नुपर्छ।

आयोजनाले द्रुतमार्गलाई विभिन्न ११ भागमा विभाजन गरेर काम गरिरहेको छ । आयोजनाले सुरुङमार्ग, पुल, एक्सप्रेस-वेको निर्माण र सडकमा पहिरो झर्न रोक्ने गरी संरचना निर्माणको काम एकैपटक अघि बढाउने योजना बनाएको छ ।

यो वर्ष ८ अर्ब ९३ करोड बजेट पाएको आयोजनाले यो बर्ष सुरुङमार्ग निर्माणको काम थाल्ने, ८०७ रोपनी जग्गा अधिग्रहण गरिसक्ने लगायतका लक्ष्य निर्धारण गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।