logo
Monday, 9 June 2025, 12:00:35 am

ग्यास बिक्रेता संघद्वारा ग्यास उद्योगीहरुको आन्दोलनमा समर्थन रहेको जानकारी

    834   पटक पढिएको

१० फागुन /अर्थ र व्यापार  - शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर ग्यास बिक्रेता संघले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताएको छ । यसअघि गत बिहीबार उद्योगीहरुले विभिन्न १० बुँदे माग राखेर पूरा गर्न १० दिनको अल्टिमेटम दिएका छन् । त्यसको दुई दिनपछि बिक्रेताहरुले पत्रकार सम्मेलन गरी उद्योगीको मागमा ऐक्यवद्धता जनाएका हुन् ।

संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्रि वितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको बताए । सरकारले लामो समयसम्म पनि आफ्ना सुनुवाई नगरेको कारण बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको अध्यक्ष श्रेष्ठले बताए ।  सरकारले जायज मागहरु पूरा गरे आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने उनले बताए ।

एलपी ग्यास उद्योगीहरुको आन्दोलनमा देशैभरी बिक्रेताहरुको समर्थन रहेकोले  मागहरु पूरा नभए फागुन ३० गते ग्यास बिक्री वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिण्डर सम्बन्धित निकायमा बुझाउने संघका महासचिव विनोद काफ्लेले बताए । संघले ६ बुँदामा आफ्ना मागहरु अघि सारेको छ । उद्योगीहरुको माग पूरा गर्नुपर्ने, बिक्रेता प्रमाणीकरण प्रक्रिया तत्काल शुरु गर्नुपर्ने, बिक्रेता वितरकको कमिसन मूल्यको कम्तीमा ६ प्रतिशत हुनुपर्ने रहेका छन् ।

यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने, डिलर र डिलरमा काम गर्नेहरुको बीमा गरिनुपर्ने र ग्यास बिक्रेताहरुलाई आवश्यक तालिमको व्यवस्था हुनु पर्ने माग संघले अघि सारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।