logo
Thursday, 5 June 2025, 3:50:22 pm

आजदेखि काठमाडौं उपत्यकासहित देशैभर सहुलियत पसल सञ्चालनमा आउने

    1512   पटक पढिएको


१५ असोज/अर्थ र व्यापार– सरकारले दसैंतिहार र छठलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसल संचालन गर्दै अत्यावश्यक खाद्य वस्तु बजार भाउ भन्दा २० रुपैयाँसम्म सस्तोमा बिक्री गर्ने भएको छ ।

सहुलियत पसल उपत्यकासहित देशभरका ४९ स्थानबाट सहुलियत छुटमा अत्यावश्यक खाद्यान्न बिक्री गरिनेछ ।

उपत्यकाभित्र कालिमाटी, सिंहदरबार, सतुगंल, कोटेश्वर, टेकु, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी र जावलाखेलमा सहुलियत पसल संचालन हुनेछ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षेनी खाद्य कम्पनी र साल्ट ट्रेडिङलाइ सहुलियत पसल संचालनका लागि अनुदान दिने गर्छ । 

सहुलियत पसलमा उपभोक्ताले बजार भाउ भन्दा करिब २० रुपैंयाले सस्तोमा चिनी किन्न सक्नेछन् । बजारमा अहिले चिनी प्रति किलो ९० रुपैयाँमा बिक्री भइरहेको छ । सुहलिएत पसलबाट प्रति किलो ७० रुपैयाँमा किन्न पाइनेछ । 

बजारमा नुन किलोको २२ रुपैयाँमा बिक्री भइरहेको छ । सहुलियत पसलमा नुन किलोको १८ रुपैयाँमा तोकिएको छ । 

सहुलियत पसलमा दाल, चामल, केराउ फापरमा किलोमा पाँच रुपैयाँ छुट पाईने छ । खाद्यले बिक्री गर्ने खसी र च्याङग्रा समेत प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।

खाद्यले उपत्यकामा तीन हजार खसी र च्याङग्रा ल्याएर बिक्री गर्दैछ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।