logo

प्रकाशकीय: अर्थतन्त्रमैत्री वातावरण निर्माणमा निरन्तर पत्रकारिता

    812   पटक पढिएको


१ पुस/अर्थ र व्यापार – जनताको चाहना राजनितिक स्थिरता, विकास र समृद्धि रहेपनि देशले अझै सहि दिशा समाउन सकेको छैन । कुनै न कुनै रुपमा देशमा राजनीतिक एजेण्डाहरु नै प्राथमिकतामा छन ।
अर्कोतिर सन् २०१९ को अन्त्यतिर वाट विश्वभर फैलिएको कोरोना भाईरस र त्यसवाट उत्पन्न असहज परिस्थितिका कारण देशको अर्थतन्त्रमा देखिएको संकट यथावतै छ, संकट झन गहिरिएको जस्तो देखिन्छ । तर, भर्खरै तिनै तहको निर्वाचन सम्पन्न भएको छ र राजनितिक दलहरु सरकार बनाउने तयारीमा छन । नयाँ सरकार बन्ला र देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधानका लागी अब बन्ने नयाँ सरकारले उचित रणनितिहरु लिनेछ भन्ने आशा भने गर्न सकिन्छ ।
अर्थतन्त्रका लागी गत वर्ष त्यति अनुकुल नरहेको अवस्थामा पनि प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अर्थ र व्यापार साप्ताहिकले आफ्नो प्रकाशनको एघार वर्ष पुरा गर्दै बाह्रौ वर्षमा प्रवेश गरेको छ । यस बाह्र वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र विचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

यसका साथै हामीले अर्थ र व्यापारको अनलाईन संस्करण arthabyapar.com आर्थिक अनलाईन पनि सञ्चालन गर्दै आएका छौं । समृद्धि बहस कार्यक्रम मार्फत मुलुकको अर्थराजनीतिक क्षेत्रमा बहस पनि हामीले सञ्चालन गर्दै आईरहेका छौं । समय,प्रविधि र पाठकहरुको चाहनामा आएको परिवर्तनलाई मनन गर्दै हामीले अब हाम्रो यात्रालाई डिजिटल तर्फ अझ प्रभावकारी ढंगले अगाडी बढाउने प्रण गरेका छौं । अवको नेपालको आर्थिक पत्रकारिता मुलुकको समृद्धिका लागी हुनेछ र हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं ।
अर्थ र व्यापार साप्ताहिकले बाह्र वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा सम्पूर्ण पत्रकार, कर्मचारी तथा वितरण विभागका सम्पूर्ण सहकर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । त्यसका साथै हाम्रा आदरणीय पाठकवर्ग, विज्ञापनदाता तथा शुभचिन्तकहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
अर्थ र व्यापारको बाह्र वर्ष प्रवेशको अवसरमा अर्थ र व्यापारले आगामी दिनमा पस्कने सामग्रीहरुलाई अझ परिष्कृत र विश्लेषणात्मक बनाउने जिम्मेवारीवोध पनि हामीलाई भएको छ । त्यसका साथै मुलुकको आर्थिक विकास र समृद्धिका लागी अर्थतन्त्रमैत्री वातावरण निर्माण, लगानीमैत्री वातावरण निर्माण, समयानुकुल निति निर्माण तर्जुमा गर्ने वातावरण निर्माण गर्ने तथा मुलुकमा भएका सम्भावनाहरुको उजागर गर्दै विकृति र विसंगतिहरुको पर्दाफास गर्न अर्थ र व्यापार पत्रकारिताकै माध्यमवाट सदैव लागीरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछौं । त्यसका साथै आम जनताका सरोकारका विषय लाई पनि हामी विगत जस्तै सदैव उठाईरहने छौं र आवाजविहिनहरुको आवाज बनि नै रहनेछौं ।

                                                                                                                           प्वाईन्ट मिडिया प्रा.लि.

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।