logo

अमेरिकी डलरको भाउ अत्यधिक बढेर नयाँ रेकर्डमा, एक डलरको विक्री मुल्य १३२ रुपैयाँ नाग्यो

    865   पटक पढिएको

२४ असोज/अर्थ र व्यापार – अमोरिकी डलरको भाउ अकासिएर नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको छ । यसरी निरन्तर अकासिएको अमेरिकी डलरको भाउले रेमिट्यान्स रकम भित्राउनेहरुलाई भने केही फाइदा पु¥याए पनि हरेक वस्तु आयातमा निर्भर मुलुकलाई बढ्दो आयात खर्च धान्न कठिन हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि निर्धारण गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२ रुपैयाँ २ पैसा कायम भएको छ । यसैगरि, १ अमेरिकी डलरको खरिददर पनि १३१ रुपैयाँ ४२ पैसा कायम भएको छ । यो नेपालको इतिहासमा अहिलेसम्मकै अत्यधिक उच्च भाउ हो । यसअघि गत १३ असोजकालागि १ अमेरिकी डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको थियो । यसैगरि,खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको थियो ।
सो दिन भन्दाअघि पनि गत ११ असोजमा १ अमेरिकी डलरको भाउ बिक्रीदर बढेर १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा कायम भएको थियो । सो समयदेखि दसैंको केही दिन केही घटेको अमेरिकी डलरको भाउ पुनः उकालो लागेर यो नयाँ रेकर्ड कायम गरेको हो ।
अहिले लगातार भाउ बढेर उकालो लाग्ने क्रममा सोमबारकालागि राष्ट्र बैंकले तोकेको विनिमय बिक्रीदरमा १ अमेरिकी डलरको भाउ बढेर बिक्रीदर १३२ रुपैयाँ २ पैसा पुगेको हो ।
यसरी लगातार डलरको भाउ बढेसँगै हरेक बस्तु आयातमा निर्भर रहेको नेपालमा दसैं र तिहारका उपभोक्ता चर्को महंगीको मार खेप्न बाध्य भएका छन ।
यसरी निरन्तर अकासिएको अमेरिकी डलरको भाउसँगै हाल अन्य विदेशी मुद्राको भाउ पनि बढेको छ । युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६३ पैसा कायम भएको छ । यसैगरि, अष्ट्रेलियन १ डलरको भाउ बढेर खरिददर ८३ रुपैयाँ ७० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८ पैसा कायम भएको छ ।
यसैगरी, साउदी अरेवियन रियाल १ को खरिदर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा कायम भएको छ । त्यसैगरि, कतारी रियालको भाउ पनि अत्यधिक बढेर १ कतारी रियालको खरिददर ३६ रुपैयाँ ९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २५ पैसा कायम भएको छ । त्यसैगरि, मलेसियन १ रिंग्गेटको खरिदमूल्य २८ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारकालागि निर्धारण गरेको विनिमय दर अनुसार १ कुवेती दिनारको विक्रीदर ४२५ रुपैयाँ ८७ पैसा कायम भएको छ । यसैगरि, बहराइनको १ दिनारको विक्रीदर ३४९ रुपैयाँ ८१ पैसा र खरिददर ३४८ रुपैयाँ २२ पैसा कायम भएको छ ।
अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ । राष्ट्र बैंकका अनुसार २०७८ सालको असार मसान्तको तुलनामा २०७९ असारसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर, गत असारमसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो । पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग निरन्तर बढिरहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली रुपैयाँमा पनि देखिएको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।
हाल नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । सोही कारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भईरहेको उनीहरुको भनाई छ । अहिले पनि अमेरिकी डलरको भाउ अकासिएर यस्तो अवस्था उत्पन्न भएको हो ।
यसरी अकासिएको डलरको भाउ बलियो हुँदा नेपाललाई केही कुराले लाभ पनि भईदिएको छ । अहिलेको अवस्थामा सबैभन्दा बढी फाइदा नेपाल भित्रिने रेमिट्यान्स आप्रवाहमा परेको छ । यसरी डलरको भाउ अकासिएर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ ।
डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विभिन्न मुलुकहरुमा छरिएर रहेका नेपाली नागरिकहरुले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ ।
यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । जसले नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो भएको लाभ लिन सक्थ्यो ।
कोरोना विश्व महामारिले थला परेको पर्यटन क्षेत्रमा अहिले देसभर महामारिको रुपमा फैलिएको डेंगो रोगले निकै प्रभावित बनाईदिएको छ । यस्तो अनेक रोगको प्रकोपका कारण हाल पर्यटक बढ्ने र निर्यात बढाउने सम्भावना पनि न्युन छ ।
आइतबार कोजागत पूर्णिमादेखि सकिएको दसैं र आगामी कात्तिकमा पर्ने तिहारको अवसरमा डलरको भाउ यसरी निरन्तर बढ्दा नेपाल भित्रिने रेमिट्यान्स आप्रवाहमा भने सकारात्मक प्रभाव पर्न थालेको सम्बन्धीत सरोकारवाला रेमिट्यान्स कम्पनीहरुले बताएका छन ।
उनीहरुले अहिलेसम्म वैधानिक रुपमा भित्रिने तथ्यांकहरूले यस्तो देखाएको बताएका हुन । अहिले नेपालको इतिहासमै सबैभन्दा नयाँ रेकर्ड कायम गर्दै बृद्धि भएको अमेरिकी डलरको भाउ बढेकाले सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवा आयात बापतको भुक्तानीमा पर्न जाने नेपाल राष्ट्र बैंकले जनाएको छ  ।
हाल मुलुकमा आयात अत्यधिक बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ । नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्ने हुन्छ ।
यसैगरि, विदेशमा औषधोपचार गर्न जाँदा, वैदेशिक अध्ययनमा तथा भ्रमण लगायतमा जानेहरूको लागत खर्चपनि अकासिएको डलरसँगै थप महँगो परेको राष्ट्र बैंकले जनाएको छ । डलरको भाउ अकासिएर यसरी निरन्तर नेपाली रुपैयाँ कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउँछ । समग्रमा नेपालको व्यापार घाटा उच्च भएकाले डलरको भाउ बढ्दा मुलुकलाई पर्ने नोक्सानी धेरै रहेको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।
उनीहरुले डलरको भाउ अकासिएर नेपाली रुपैयाँ कमजोर भएको बेला सरकारले अझै विदेशबाट आयात हुने बस्तुहरुमा नियन्त्रण गर्न नसकेको खण्डमा मुलुक थप आर्थिक संकटमा पर्न जाने भएकाले बेलैमा यस्तो संकटबाट बच्ने उपाए अबलम्वन गर्नुपर्ने बताएका छन । यसरी अकासिएको डलरको भाउको प्रभावकै कारण अहिले देसभर उपभोग्य बस्तुहरुको बजार भाउ पनि अत्यधिक बढेको छ ।
विगत दुई साता अघि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर वृद्धि गरेसँगै अमेरिकी डलरसँग भारतिय रुपैयाँ लगातार कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँ कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा पनि हालसम्मकै कमजोर भएको हो । अझै अगामी दिनमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको सम्बन्धीत अर्थविद्हरुले बताएका छन । उनीहरुले फेडले ब्याजदर बढाउँदा भारतसहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झन बलियो बन्दै गएको बताएका छन ।
फेडले ब्याजदर बढाउँदा विशेष गरि भारतमा रहेको अमेरीकी लगानी फिर्ता जाँदा भारु कमजोर भएको र जसले गर्दा नेपाली मुद्रा पनि कमजोर भएको भन्दै उनीहरुले मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेको बताएका छन् । यस्तो अवस्थाकाबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो भएको उनीहरुको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।