logo

खाद्य कम्पनीले खसिबोका र च्याङग्राको मुल्य तोकेर विक्री थाल्यो, खसीबोकाको भाउ प्रतिकेजी ६७० र च्याङग्राको १२ सय ५० रुपैयाँ

    1000   पटक पढिएको


१२ असोज/अर्थ र व्यापार – अकासिदो बजार भाउ नियन्त्रण गर्ने उदेस्यले दसैंका उपभोक्तालाई केही सहुलियत दरमा रसिलो मासु उपलब्ध गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालीको दसैंका लागि जिउँदो खसीबोका र च्याङग्राको मूल्य तोकेको छ ।
काठमाडौको थापाथलिस्थित खाद्य गोदावबाट बुधबारदेखि दसैंका खसिबोका र च्याङग्रा बिक्री थालेको खाद्य कम्पनीले यो दसैंकालागि जिउँदो खसीबोकाको मुल्य प्रतिकेजी ६७० रुपैयाँ र च्याङग्राको १२ सय ५० रुपैयाँ निर्धारण गरेको हो ।
सरकारी स्वामित्वमा सञ्चालित कम्पनीले मंगलबार निर्धारण गरेको यो मुल्य हाल काठमाडौ उपत्यकाका विभिन्न खसिबजारका व्यापारीको भन्दा प्रतिकेजी ५० रुपैयाँसम्म सस्तो भाउ हो ।
यसपालीको दसैंकालागि खाद्य कम्पनीले खसिबोका र च्याङग्रा गरि पाँचहजार वटा काठमाडौ ल्याएर विक्री गर्ने बताएको छ । खद्य कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले अहिले विभिन्न ठाउँबाट संकलन गर्ने क्रममा नै भाउ बढेकाले यस कम्पनीले हाल बाहिर बजारमा भएको भन्दा केही सस्तोदरमा विक्री मुल्य निर्धारण गरिएको बताए ।
यो मुल्य सरकारले यसअघि नै थप प्रतिकेजी १० रुपैयाँ छुट दिइने निणर्य भएअनुसार तोकिएको भाउ अनुसारको भएको सो कम्पनीले जनाएको छ । नत्र यस कम्पनीबाट खरिदगर्ने उपभोक्ताले खसिबोकाको मुल्य प्रतिकेजी १८० रुपैयाँ र च्याङग्राको १६० रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो ।
यसैगरि, च्याङग्राको मूल्य प्रतिकेजी १२६० रुपैयाँ तोकेर विक्री सुरु गरेको छ । प्रतिकेजी १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा च्याङग्रा खरिद गर्न पाउनेछन् । यसरी निर्धारण भएको भाउमा समेत अझै प्रतिकेजी १० रुपैयाँ छुट दिएकाले थापाथली आउने उपभोक्ताले खसीबोका प्रतिकेजी ६७० रुपैयाँ र च्याङग्रा १२५० रुपैयाँमै पाउने भएका हुन । सो कम्पनीले अकासिएको बजार मुल्य नियन्त्रणको प्रयास स्वरुप यसपालीको दसैंमा खसिबोका र च्याङग्राको बिक्री मुल्य बाहिरको अन्यबजारमा प्रतिकेजी ५० रुपैयाँ सस्तो गरिदिएको बताएको छ ।
लाखौंको संख्यामा रहेका काठमाडौ उपत्यकावासीकालागि सरकारको तर्फबाट उपलब्ध गराउन लागिएको जम्मा ५ हजार संख्याको खसिबोका र च्याङग्राको विक्री एकदमै न्युन हो । यसले काठमाडौ उपत्यकावासीको माग पटक्कै धान्न सक्ने छैन । तैपनि, यसरी प्रतिकेजी ५० रुपैयाँसम्म सस्तो हुनेगरि निर्धारण भएको मुल्यले अश्वभाविक रुपमा बढेको बजार मुल्य नियन्त्रणकालागि भने केही सहयोग पुग्ने अपेक्षा गरिएको सो कम्पनीको दावी छ ।
दसैंकालागि काठमाडौ उपत्यकाभरका विभिन्न खसिबजार तथा विभिन्न प्रवेश नाकाहरुको सडकमा व्यापारिले ल्याईपु¥याउने खसिबोका र च्याङग्राको संख्या झन्डै ३० लाखभन्दा बढीको हुने गरेको छ ।
यसैगरि, काठमाडौको चौपाया खरिद बिक्री सेवा संघले मंगलबार तय गरेको भाउ अनुसार पहाडिया लोकल खसीबोकाको मूल्य प्रतिकेजी ६८० देखि ७ सय १० रुपैयाँसम्म रहेको थियो । यसैगरि, च्याङग्राको प्रतिकेजी १३ सय रुपैयाँ रहेको थियो । बाहिरको यो मुल्य अनुसार खाद्य कम्पनीबाट खरिद गर्ने उपभोक्ताले खसिबोकामा प्रतिकेजी ४० रुपैयाँ र च्याङग्रामा प्रतिकेजी ५० रुपैयाँ सस्तोमा पाउने छन ।
काठमाडौवासीलाई रसिलो मासु उपलब्ध गराउन यसपालीको दसैकालागि खाद्य कम्पनीसँगै विभिन्न व्यावसायिक संघ÷संस्था एवं कम्पनीहरुले अहिले धमाधम खसीबोका र च्याङग्रा खरिद विक्री सुरु गरेका छन् ।
खाद्य कम्पनीले विगतका वर्षहरुमा झै यसपाली पनि आफ्ना देसभरका विभिन्न डिपो एवं संकलन केन्द्रहरुबाट खसीबोका र च्याङग्रा काठमाडौ ल्याईरहेको छ । यसैगरि, निजी क्षेत्रका व्यावसायिले पनि सल्यान, सुर्खेत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछाप, नुवाकोट, धादिङ र काठमाडौ उपत्यकाको काँठ क्षेत्र लगायतबाट धमाधम खसीबोका ल्याउन थालेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।