logo
Tuesday, 17 June 2025, 11:03:37 am

हिमालय पावरको आइपिओको बिक्री खुला

    3353   पटक पढिएको

१ असार / अर्थ र व्यापार - हिमालयन पावर पार्टनर कम्पनीले  असार १ गते बिहीबारदेखि  सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ ।  एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले २१ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आईपीओ निश्काशन गरेको हो । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि बढीमा दश हजार कित्तासम्मका लागि असार पाँच गतेसम्म आवेदन दिन पाईनेछ ।

कम्पनीको साधारण सेयरमा ग्लोबल आइएमई क्यापिटल जमल, हिमालयन पावर पार्टनर लिमिटेडको घकार्यालय पानी पोखरी, ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयहरु लगायत आश्वा सेवा अनुमति प्राप्त ५२ वटा बैंक तथा वित्तीय संस्थाका ७५ जिल्लामा रहेका दुई हजार तीन सय आठ शाखा कार्यालय मार्फत आवेदन गर्न पाइनेछ । सेयर आबेदन दिँदा सेयर राख्ने हितग्राही खाता नम्बर र बैंक खाता नम्बर आबश्यक पर्नेछ । 

यसअघि लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता (१० प्रतिशत) आइपीओ जारी गरेको कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । २१ लाख ३० हजार ८३४ कित्ता सेयरमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता सेयर कम्पनीका कर्मचारी र एक लाख छ हजार ५ सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याई सकेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।