logo
Wednesday, 4 June 2025, 12:07:22 pm

नेसनल ट्रेडिङलाई खारेजी गर्नुपर्नेमा ब्यूताउँने तयारी 

    1447   पटक पढिएको

१० साउन / अर्थ र व्यापार – कर्मचारीलाई साढे एक अर्ब भन्दा बढी तलब सुविधा दिएर बिदा गरेको नेसनल ट्रेडिङलाई खारेजी गर्नुपर्नेमा ब्यूताउँने तयारी भएको छ । विगत नौ वर्षदेखि कम्पनीले ९ करोड रुपैयाँ पनि आम्दानी गर्न सकेन तर कर्मचारीको तलब र भत्ताका लागि मात्रै १ अर्ब ६८ करोड रुपैयाँ दिनुपर्यो । त्यहाँका कर्मचारीलाई आकर्षक तलब सुविधा सहित विदाई गरिएको थियो । 

कम्पनीको टेकुमा रहेको ५१ रोपनी बहुमुल्य जग्गा बिक्री गरेर कर्मचारी विदाई गरियो तर अहिले फेरी भएका पूर्वाधारमा होटल संचालनका लबिङ सुरु भएको छ । नेसनल ट्रेडिङले सातै प्रदेशमा पाँच तारे होटल र चीनबाट तेल ल्याएर बिक्री गर्ने योजना अघि बढाएको छ । विगतमा सक्षम लिडरसीप नहुँदा कम्पनी टाट उल्टिएको हो । आठ जनाको राम्रो टिम बनाएर काम गर्ने हो भने तीन वर्षमा नेपाल टेलिकमजस्तै बोनस दिने कम्पनीमा परिवर्तन गर्न सकिन्छ ।

सात प्रदेशमा होटल बनाउने ,चीनबाट तेल ल्याएर बिक्री गर्ने, आयल निगममा गाभिने वा अनुगमन गर्ने नियामक निकाय बनाउने विकल्पमा छलफल भइरहेको छ । तत्कालका लागि भने सिंहदरबारमा रहेको भवनमा सर्ने र गोदाम भाडामा लगाइनेछ । टेकुको ५१ रोपनी जग्गा बिक्री गरेपनि कम्पनीसँग मुलुकका विभिन्न ११ स्थानमा जमीन छ । तराईका १० ठाउँमा करिब ५० देखि ६० विघा जग्गा छ । सिंहदरबारको अगाडि २५ रोपनी जग्गा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।