logo
Friday, 13 June 2025, 5:05:31 am

एक वर्षमै व्यापार घाटा ९ खर्ब नाघ्यो

    1363   पटक पढिएको

६ भदौ / अर्थ र व्यापार – गत आर्थिक वर्ष २०७३/७४ मा नेपालबाट ७३ अर्ब रुपैयाँ बराबरको सामान विदेश निकासा हुँदा देशमा ९ खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान भित्रिएको छ । गत वर्ष निर्यातको तुलनामा आयात बढ्दा देशको व्यापार घाटा ९ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ५ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा १ खर्ब २५ अर्ब रहेको छ भने अन्य मुलुकसँग १ खर्ब ९९ अर्ब रहेको छ । रेमिट्यान्स भित्रने दरमा आएको सुस्ति र निर्यात बढेको कारण देशको शोधानान्तर बचत पनि घटेको छ । 

अघिल्लो आवमा १ खर्ब ४० अर्ब नाफामा रहेको चालु खाता गत आवमा भने १० अर्ब १३ करोडले घाटामा गएको छ । अघिल्लो आवमा १ खर्ब ८८ अर्ब रुपैयाँ शोधानान्तर बचतमा रहेको गत आवमा भने घटेर यस्तो बचत ८२ अर्बमा सिमित छ । नेपालको कुल गाहस्र्थ उत्पादन (जीडीपी) को तुलनामा व्यापार घाटा ३५ प्रतिशत रहेको छ । 

जीडिपीको ३८ प्रतिशत आयात र २.८ प्रतिशत निर्यात भएको देखिन्छ । देश भित्र्ने रेमिट्यान्समा भने गत वर्ष ४.६ प्रतिशतले मात्र वृद्धि भएको छ । गत आवमा वैदेशीक रोजगारीमा गएकाहरुले ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका हुन् । अघिल्लो आवमा भने देशमा ६ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

देशमा विदेशी विनिमयको सञ्चिती १० खर्ब ७९ अर्ब रुपैयाँ बराबर रहेको छ । यो । अघिल्लो वर्षको तुलनामा ३.९ प्रतिशतले बढेको हो । देशमा रहेको यो सञ्चितीले ११.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था रहेको छ । नेपाल जस्तो कम विकसित देशको लागि यस्तो सञ्चितीले ८ महिनाको वस्तु तथा सेवा आयात धान्नु पर्ने मान्यता रहेको छ ।

त्यस्तै, राष्ट्र बैंकले गत वर्ष २ खर्ब ७३ अर्ब बराबरको भारतीय मुद्रा र ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको डलर खरिद गरेको छ । राष्ट्र बैंकले ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको डलर बिक्री समेत गरेको छ । पहाडमा मासिनहरुले सबैभन्दा धेरै ६.४ प्रतिशतको मूल्य वृद्धि व्यहोरेका हुन् । काठमाडौंमा मूलय वृद्धि दर ३.१ प्रतिशत रहेको थियो ।

गत आवमा मूल्य वृद्धि पनि ४.५ प्रतिशतमा सिमित भएको छ । भारतको तुलनामा भने नेपालीहरूले औसतमा ४.७ प्रतिशत बढी मूल्य वृद्धि खेप्नु परेको हो । खाद तथा पेय पद्धार्थमा १.९ प्रतिशत र गैर खाद्य तथा सेवामा ६.५ प्रतिशतले महंगी बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।