logo
Thursday, 5 June 2025, 1:56:56 am

चितवनमा बल्ल ५० प्रतिशत रोपाइँ सकियो

    1844   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – २९ हजार २ सय हेक्टर धान रोप्ने लक्ष्य राखिएको चितवनमा असार महिना सकिनै लाग्दासम्म जम्मा ५० प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । जिल्लाको पूर्वी चितवन क्षेत्रमा ९० प्रतिशत रोपाइँ सकिए पनि पश्चिम चितवनमा भने बल्ल रोपाइँ शुरु भएकोे छ । पश्चिम चितवनमा मात्र ३० प्रतिशत जमिनमा धान रोपिएको छ ।

अघिल्लो वर्ष यो समयसम्म ८० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो । यसवर्ष ढिलो गरी मनसुन सुरु हुनु र सिँचाइ सुविधा उपलब्ध नहुँदा रोपाइँ गर्न ढिला भएको हो । जिल्लामा ७० प्रतिशत जमिनमा सिँचाइ सुविधा रहेको र ३० प्रतिशत आकाशे पानीको भर पर्नुपर्ने छ ।

पूर्वी चितवनका अधिकांश जमिनमा सिँचाइको सुविधा छ । पानीको स्रोत पनि राम्रो छ । तर पश्चिम चितवनमा नजिकै नारायणी बगे पनि गण्डक सम्झौताका कारण त्यहाँका स्थानीय जनताले मोटर समेत लगाएर पानी तान्न पाउँदैनन् । 

पश्चिम चितवनमा पूर्वी चितवनको खगेरी सिचाईको नहर र नारायणगढ बसपार्क नजिकको नारायणी लिफ्ट आयोजनाको नहरको पानी रोपाइँको लागि प्रयोग गर्ने गरिन्छ । यी नहर यसै हप्ता मात्रै छाडिएको छ । 

यस वर्ष अधिकांश किसानहरुले सावित्री धान रोपेका छन् । कार्यालयले सावित्री, मध्यम, राधा चार, रामधान, मसिना, हर्दिनाथ एक, मकवानपुरे एक लगायतका धान किसानलाई सिफारिस गरेको छ । जिल्लाको साविकका गाविसहरु पिप्ले, भण्डारा, कठार, कुमरोज र बछ्यौली धान उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।