१७ असार/अर्थ र व्यापार – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य केही बढाएको छ । निगम सञ्चालक समितिको सोमबारको निर्णय अनुसार मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी पट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाइएको छ । यसतै, डिजेल र मट्टितेलमा प्रलिलिटर चार रुपैयाँ मूल्य बढाइएको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ५१ ले मूल्य बढाइएको छ । आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर सात रुपैयाँले मूल्य बढाइएको छ ।
समायोजित मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६२ रुपैयाँ ५० पैसामा कारोबार भएको छ । यस्तै, दोस्रो र तेस्रो वर्गामा क्रमश ः १६४ रुपैयाँ र १६५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर पहिलो वर्गमा १४६ रुपैयाँ ५० पैसामा कारोबार भएको छ । दोस्रो र तेस्रो वर्गमा क्रमशः १४८ र १४९ रुपैयामा कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया