logo

अल्पकालीन ब्याजदर बढाउन ४० अर्बको निक्षेप संकलन

    106   पटक पढिएको



२८ जेठ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर बढाउन बुधबार ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर साढे २ प्रतिशतमा झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता र अल्पकालीन ब्याजदरलाई हेरेर तरलता खिच्ने र पठाउने गर्छ । पछिल्लो समयमा कर्जाको माग बढ्न नसक्दा र रेमिट्यान्स आप्रवाह निरन्तर वृद्धि हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएको छ ।
राष्ट्र बैंकले अल्पकालीन ब्याजदरलाई ब्याजदर करिडोर मार्फत सन्तुलित बनाउँदै आएको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता अभाव भएको खण्डमा ब्याजदर करिडोरको माथिल्लो सीमा अर्थात बैंक दर (६.५) प्रतिशतमा स्थायी तरलता सुविधा मार्फत पैसा दिन्छ । त्यसैगरी, अधिक तरलता भएको खण्डमा स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्छ । स्थायी निक्षेप सुविधा दर ३ प्रतिशत तोकेको छ ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत भन्दा तल अन्तर बैंक दर साताको दुईपटकसम्म निक्षेप संकलन गरेको छ । यसै साताको आइतबार ४२ दिने निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पुन ४० अर्बको निक्षेप बोलकबोल गर्ने भएको हो ।
बुधबार जेठ ७ गते लिएको ५० अर्बको निक्षेप परिपक्क हुँदैछ । त्यसैगरी केन्द्रीय बैंकले स्थायी निक्षेप मार्फत लिएको पैसा पनि परिपक्क हुने भएपछि ४० अर्ब २१ निक्षेप संकलन आह्वान गरेको हो ।
केन्द्रिय बैंकले अन्तर बैंक ब्याजदर घटेपछि बोलकबोल मार्फत ब्याजदर निर्धारण गरी बढाउन खोजेको छ । निक्षेप संकलन मार्फत तरलता खिचेपछि तरलता घट्ने बित्तीकै बैंक वित्तीय संस्थाले धेरै ब्याजको माग गर्छन । त्यसपछि ब्याजदर बढ्न जान्छ । यो साताको आइतबार जारी भएको निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.९९३५ प्रतिशत कायम भएको राष्टङ बैंकले जनाएको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बुधबारसम्ममा राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाको ३ खर्ब ९७ अर्ब रुपैयाँ थुप्रिएको छ । यो रकम मध्ये २ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलनको हो भने एक खर्ब ४१ अर्ब रुपैयाँ स्थायी निक्षेप संकलनको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।