१३ जेठ/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन् ।
अर्थमन्त्री पौडेलले मंगलबार बिहान शीतल निवास पुगेर बजेटबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन् । मन्त्री पौडेलसँग अर्थसचिव घनश्याम उपाध्याय पनि शीतल निवास पुगेका थिए ।
सरकारले संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको १५ जेठमा नयाँ बजेट सार्वजनिक गर्नुपर्ने बाध्यात्मक अवस्था छ । सोही संवैधानिक व्यवस्था अनुसार अर्थ मन्त्रालयले आगामी बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अन्तिम तयारी सम्पन्न गरेको छ ।
राष्ट्रपतिलाई ब्रिफिङ गरेपछि संघिय सदनमा अर्थमन्त्री पौडेलले आगामी आवको नयाँ बजेट प्रस्तुत गर्ने छन् । सो भन्दा अघिल्लोदिन बजेट संसद्बाट पास गर्नुपर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया