३१ वैशाख/अर्थ र व्यापार – अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राइजरले बुधबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् ।
दुई जनाबीच सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । सो भेटमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
बजेट निर्माणको चरणमा यसअघि अर्थमन्त्री पौडेलले मंगलबार नेपालस्थित विभिन्न दातृ निकाय एवं विकास साझेदारका प्रतिनिधिसँग छलफल गरेका थिए ।
तपाईको प्रतिक्रिया