logo

राजस्व संकलन घट्यो,गत वर्षभन्दा १० प्रतिशत न्युन

    466   पटक पढिएको


१ साउन/अर्थ र व्यापार – सरकारको भन्सार राजस्व लक्ष्यको आधा मात्रै संकलन हुँदा गत आर्थिक वर्ष (आव) २०७९/८० मा मुलुकको समग्र राजस्वमा ठुलो खाल्टो परेको छ । आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठेकोमा आव २०७९/८० मा ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व उठाउन सफल भएको छ ।
गत आर्थिक वर्षमा उठेको राजस्व अघिल्लो आवको तुलनामा १ खर्ब ११ अर्ब रुपैयाँ कम हो । सरकारले चालु आर्थिक वर्षमा लिएको लक्ष्य पु¥याउने त कल्पनै नगरौं अघिल्लो आवको तुलनामा पनि १० दशमलव ३ प्रतिशत कम राजस्व उठेको छ ।
सरकारले गत आर्थिक वर्षमा लिएको लक्ष्यको तुलनामा साढे ४ खर्ब कम मात्रै राजस्व उठाएको छ । सरकारी राजस्व र वास्तविक संकलनबीचको यति ठूलो खाडल इतिहासमा अहिलेसम्म परेको थिएन ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार ३१ असारसम्म सरकारले संकलन गरेको ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ गत आवको लक्ष्यको तुलनामा ६८.२१ प्रतिशत मात्रै हो । सरकारले त्यस आवमा कुल १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
यस वर्ष कर राजस्व ६६.८२ प्रतिशत र गैरकर राजस्व ८४.९३ प्रतिशत मात्र उठेको छ । सरकारले कर संकलन गर्ने जिम्मेवारी दिएका प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक विभाग दुवैले लक्ष्य भेटाउन सकेनन् । तर, सरकारको राजस्वमा यति ठूलो खाडल पर्नुमा सबैभन्दा ठूलो योगदान भन्सार राजस्वको छ ।
सरकारले लिएका आयात नियन्त्रणात्मक नीतिको प्रभाव स्वरुप आयात ठूलो मात्रामा घटेको र त्यसको प्रभाव राजस्वमा देखिएको विभागको विश्लेषण छ । विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार विभागले यस वर्ष ६ खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको थियो । संकलन भने ३ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ भएको छ ।
यो लक्ष्यको ५८.५३ प्रतिशत मात्रै हो । यस वर्ष सुरुवाती महिनाबाटै सोही दरमा राजस्व उठेको र अन्तिमसम्म पनि यही नै दर कायम रहेको उनले बताए । सरकारले अघिल्लो आवको सुरुवाती महिनामा वैदेशिक मुद्राको सञ्चितिमा चाप देखिएको भन्दै आयात निरुत्साहित गर्ने नीति लिएको थियो ।
सो वर्ष आन्तरिक राजस्वमा आएको संकुचनले मुलुकभित्र समेत आर्थिक गतिविधि नहुँदा आयात नियन्त्रणको नीति खुकुलो हुँदा समेत अपेक्षित आयात बढ्न सकेन । यसले समग्रमा राजस्व संकलन प्रभावित भएको सरकारको विश्लेषण छ । राजस्व संकलन कम हुँदा यस वर्ष सरकारको खर्च र आम्दानीको बीचमा ठूलो खाडल देखिन पुगेको हो ।
आन्तरिक राजस्वले उठायो ४७८ अर्ब
अघिल्लो आवमा आन्तरिक राजस्व विभागले ४ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार अहिले देशैभरबाट राजस्व संकलनको विवरण अपडेट गर्ने क्रम जारी छ । करिब २ अर्ब रुपैयाँ थप हुन सक्ने देखिएको छ । यस आवमा विभागले ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो । संकलित राजस्व लक्ष्यको ७६.३५ प्रतिशत मात्र हो ।
यस वर्ष आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क तीन वटै वर्गमा राजस्व लक्ष्य अनुसार उठ्न नसकेको विभागको तथ्यांकमा उल्लेख छ । विभागले असार मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ आयकर संलकनको लक्ष्य राखेको थियो ।
संकलन भने २ खर्ब १२ अर्ब रुपैयाँ मात्र भएको छ । मूल्य अभिवृद्धि कर १ खर्ब ४० अर्ब २४ करोड उठ्ने अनुमान गरिएकोमा १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ मात्र उठेको छ । अन्तःशुल्क १ खर्ब २९ अर्ब रुपैयाँ उठ्ने लक्ष्य राखिएकोमा १ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ मात्र उठेको छ ।
ब्याजकर ३९ अर्ब ७४ करोड उठ्ने अनुमान गरिएकोमा ३२ अर्ब ८९ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।