logo

देसको शोधनान्तर स्थिति २२९ अर्बले बचतमा

    438   पटक पढिएको


२५ असार/अर्थ र व्यापार – नेपालबाट मुलुक बाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति २ अर्ब २९ करोड रुपैयाँले बचतमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तिय विवरण अनुसार शोधनान्तर स्थितिको बचत एक महिनाको अवधिमै १४ अर्ब ३१ करोडले थप भएको छ । वैशाखसम्म २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति जेठ मसान्तसम्म पुग्दा २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थिति २ अर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो आवको यसै अवधिमा शोधनान्तर स्थिति अमरिकी डलरमा २ अर्ब २६ करोडले घाटामा रहेको थियो ।
जेठसम्म चालु खाता घाटा ६९ अर्ब ४० करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा चालु खाता घाटा ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो । यस वर्ष अमेरिकी डलरमा चालु खाता घाटा ५३ करोड ६१ लाख रहेको छ । अघिल्लो आवको यसै अवधिमा अमेरिकी डलरमा चालु खाता घाटा ४ अर्ब ९३ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पूँजीगत ट्रान्सफर अहिले ७ अर्ब ३५ करोड रुपैयाँ भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २२.५ प्रतिशत कम हो । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रुपैयाँ बराबरको आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।