logo
Friday, 13 June 2025, 7:59:02 am

आर्थिक सहायताका नाममा सरकारले बाँड्यो साढे ५ करोड, राज्यकोषको ढुकुटी रित्याउनेमा पूर्व राष्ट्रपतिदेखि भुटानी शरणार्थीसम्म

    761   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – चालू आर्थिक वर्षको वितेका सात महिनाको अबधिमा सरकारले आर्थिक सहायताका नाममा साढे ५ करोड रुपैयाँ बाँडेको छ । सरकारले बाँडेको रकम लिएर राज्यकोषको ढुकुटी रित्याउनेमा पूर्व राष्ट्रपति डा.रामबरण यादवदेखि पूर्व प्रधानमन्त्री हुँदै भुटानी शरणार्थी लगायत रहेका छन ।
चालु आर्थिक वर्षको वितेका साता महिना गत साउनदेखि माघ मसान्तसम्मको अवधीमा सरकारले १३९ जनालाई व्यक्तिगत रुपमा आर्थिक सहायता स्वरुप कुल ५ करोड ४६ लाख ३४ हजार रुपैयाँ वितरण गरेको हो ।
सोमबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको वितेका ७ महिनाको तथ्यांक अनुसार सरकारले झन्डै साढे ५ करोड रुपैयाँ बाँडेको पाईएको छ । सो अवधीमा सबैभन्दा धेरै आर्थिक सहायता पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई दिईएको छ ।
गत ३ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार पूर्व राष्ट्रपति यादवलाई औषधिउपचार खर्च बापत २५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको उल्लेख छ ।
यसैगरि, मंसिरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका शीर्षनेता झलनाथ खनाललाई २० लाख रुपैयाँ राहत स्वरुप दिईएको छ । गत ३१ भदौमा तथा ७ असोजको निर्णय अनुसार सो रकम वितरण गरिएको उल्लेख भएपनि पूर्वप्रधानमन्त्री खनाललाई कुन प्रयोजनका लागि रकम उपलब्ध गराइएको उल्लेख गरिएको छैन् ।
यसैगरि, सो अवधीमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई सरकारले दुई चरणमा गरी २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराईएको विवरण उल्लेख छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सहायता वितरणको तथ्यांक अनुसार सबैभन्दा धेरै आर्थिक सहायता रकम भदौ महिनामा वितरण गरिएको छ । गत भदौ महिनामा मात्रै ३१ जनालाई १ करोड ४१ लाख ७७ हजार रुपैयाँ वितरण गरिएको पाईएको छ ।
यसैगरी, साउन महिनामा मन्त्रालयले १९ जनालाई ९५ लाख रुपैयाँ बाँडेको छ । असोज महिनामा १ जनालाई २५ लाख रुपैयाँ र कात्तिक महिनामा ७ जनालाई ४४ लाख रुपैयाँ वितरण गरिएको अर्थमन्त्रालयको तथ्यांकमा देखिएको छ ।
त्यसैगरी, मंसिर महिनामा ५८ जनालाई १ करोड ३० लाख ८४ हजार रुपैयाँ, पुस महिनामा २१ जनालाई ८८ लाख ७२ हजार रुपैयाँ र माघ महिनामा २ जनालाई २४ लाख रुपैयाँ आर्थिक सहायत शीर्षक मार्फत राज्यकोषको रकम वितरण गरिएको अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।