logo

चेम्बरद्धारा पनि चर्को व्याजदर विरुद्वको आन्दोलन निर्वाचनसम्म स्थगित गर्न आग्रह

    698   पटक पढिएको


२४ कात्तिक/ अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्सले पनि बैक तथा वित्तीय संस्थाले बढाएको चर्को ब्याजदर विरुद्वको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ ।
जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्वि बिरुद्वको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको हो ।
बैंक तथा वित्तय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्वन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको बिरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले आग्रह गरेको हो ।
चेम्बरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा होमिएको छ । निर्वाचन लगत्तै आफ्नो शान्तिपुर्ण सर्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसंग बार्ता मार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्ने छ, ।
त्यतिन्जेल सम्मका लागि संघर्षका सवै कार्यक्रम स्थगिथ गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ ।’
बैंक तथा वित्तिय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परेपनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धरासायी भएका छन् ।
बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुदाँ समेत सरकारले व्यवसायीको मागलाई सुनुवाई गरेको छैन । निर्वाचन लगत्तै संघर्षमा उत्रनुको विकल्प छैन, ।’
चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्रबैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्रबैंकलाई बिभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो ।
चेम्बरद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ, ‘बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी नै ठप्प हुने अवस्था सिर्जना भएको छ ।
निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तिय असन्तुलनको जोखिम बढाउँछ, ।’
कर्जा प्रवाह र नविकरण गर्दा बैंक एवं वित्तिय संस्थाले लिने बिभिन्न प्रकारको असान्र्दभिक सेवा शुल्कलाई हटाउन समेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।