logo

सरकारले अब दर्ता नभई घरजग्गा कारोबार गरे १० लाख रुपैयाँसम्म जरिवाना लिने

    707   पटक पढिएको

२० भदौ/अर्थ र व्यापार – सरकारले अब दर्तावाल कम्पनी बाहेकले घरजग्गा कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना गर्ने कडा कानुनी व्यवस्था गर्ने भएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमा उल्लेख भए अनुसार सरकारले अब दर्तावाला रियलस्टेट कम्पनी मार्फत मात्र घरजग्गा कारोबार गर्नेगरी मालपोत ऐन २०३४ मा संसोधन गर्न लागेको हो ।
सोही संसोधनमा यस्तो व्यवस्था गर्न लागिएको छ । प्रतिनिधि सभामा दर्ता भएको केहि नेपाल ऐन संसोधन विधेयकमा प्रस्ताव भए अनुसार यस्ता कम्पनीले पाँच वर्षको लाइसेन्स पाउने व्यवस्था गर्न लागेको छ ।
त्यसलाई हरेका पाँच वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । घरजग्गा कारोबार कम्पनी दर्ता गर्ने भनिए पनि कुन निकाय मातहत रहने भन्ने सो संसोधनमा स्पष्ट्र खुलाइएको छैन ।
यस्तो जिम्मेवारी प्रदेश सरकारका निकायसम्म जानसक्ने व्यवस्था भने संसोधनमा राखिएकोे छ । ऐन संसोधन प्रस्ताव अनुसार निश्चित क्षेत्र क्षेत्रफल तथा सीमासम्मका घर जग्गालाई भने कम्पनी आवश्यक नपर्ने व्यवस्था पनि गर्न लागिएको छ ।
संसोधनमा नेपाल सरकारले राजपत्रमा निश्चित क्षेत्र र क्षेत्रफल वा सीमा तोक्ने र तोकिएको मापदण्डका घरजग्गा यस्ता कम्पनी मार्फत मात्रै कारोबार हुने व्यवस्था गर्ने उल्लेख छ । जसले गर्दा सरकारले यो व्यवस्थालाई आँशिक र चरणगत रुपमा कार्यान्वयन गर्न सक्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।