logo

अर्थमन्त्री शर्मा फर्किएसँगै नयाँ अर्थ सचिवको खोजी

    764   पटक पढिएको

१७ साउन/ अर्थ र व्यापार –जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै नयाँ अर्थ सचिवको खोजी शुरु भएको छ ।
अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानूनी व्यक्तिलाई संलग्न गराएको आरोप लागेसँगै अर्थ सचिव मधु मरासिनीले अर्थमन्त्री शर्माले पदबाट राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने भन्दै प्रधानमन्त्री शेरबहादूर देउवालाई जानकारी गराएर बिदामा बसेका थिए ।
बजेट निर्माणको दायित्व अर्थ मन्त्री र अर्थ सचिव माथि हुने भएपनि सो आरोप लागेपछि अर्थ सचिवले अर्थमन्त्रीलाई मात्रै दोषी देखाएर आफु पन्छिन खोजेका थिए । तर, सो प्रकरणमा अर्थमन्त्री माथि ११ सदस्यीय संसदीय बनाए छानविन गर्दा सीसीटिभी फुटेमा बजेट निर्माणको क्रममा अन्य व्यक्ति प्रवेश गराइएको नदेखिएपछि शर्माले सफाई पाएर पुनर्बहाली भएका छन् ।
अर्थमन्त्रीको पुनर्बहाली भएसँगै अर्थ सचिव मधु मरासिनी अर्थ मन्त्रालयमा नआएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । समस्या पर्दा आफुलाई मात्रै दोष लगाएर पन्छिएका कारण अर्थ मन्त्री जनार्दन शर्माले पनि उनलाई अर्थ सचिवको जिम्मेवारीबाट हटाएर नयाँ अर्थ सचिव ल्याउने तयारी गरेको उनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
मरासिनी हट्ने भएसँगै अर्थ सचिवको रुपमा डा.बैकुण्ठ अर्याल, केलव भण्डारी र हाल अर्थ मन्त्रालयमै रहेका राजस्व सचिव कृष्णहरि पुष्करको नाम चर्चामा रहेको छ । तर, अहिलेको अवस्थामा अर्थमन्त्री शर्माले भने आफ्नो पहिलो रोजाईमा डा. अर्याललाई राखेको उनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
‘सिनियर र अर्थको बारेमा बढी जानकार रहेका कारण अर्थमन्त्रीज्यूले डा. अर्याललाई अर्थ सचिवमा ल्याउने तयारी गर्नुभएको छ,’ अर्थमन्त्री शर्मा सम्बद्ध स्रोतले बताएको छ । तत्कालिन समयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जोडबलमा मधु मरासिनी अर्थ सचिव भएका थिए । तर, समस्या पर्दा उनले अर्थ मन्त्रीलाई एक्ल्याउँदै विदामा बसेपछि अर्थमन्त्री शर्माले उनलाई हटाउन लागेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।