logo

मौद्रिक नीति आत्मनिर्भर अर्थतन्त्र निर्माणमा चुनौतीपूर्ण : सीबीफीन

    668   पटक पढिएको

१० साउन/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले मौद्रिक नीतिमार्फत चालिएका कदमले तरलता व्यवस्थानमा कठिनाइ देखिएको भन्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि थप चुनौतिपूर्ण हुने बताएको छ ।
मौद्रिक नीतिबारेको धारणा सार्वजनिक गर्दै सीवीफीनले मौद्रिक नीतिबाट चालिएको मौद्रिक औजारले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा थप चुनौतीपूर्ण हुने बताएको हो ।
बाह्य क्षेत्रका विविध घटनाक्रमको कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर देखिएको र आर्थिक स्थिरता, मूल्य स्थायित्व, विदेशी मुद्राको सञ्चितिलाई स्थिर राख्न, शोधनान्तर स्थितिमा बढ्दो असन्तुलनले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन चुनौती खडा हुने सीबीफीनको भनाइ छ ।
कमजोर उत्पादन प्रणालीका कारण चुलिंदो आयातलाई प्रतिस्थापन गर्नुपर्ने चुनौतीमा बैंकदरमा गरिएको वृद्धि, सीआरआर र एसएलआरमा भएको वृद्धि, आयातमा नगद मार्जिन, कर्जा प्रवाहको सीमामा संकुचनले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने सीबीफीनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।