logo

एकवर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात

    722   पटक पढिएको

९ साउन/अर्थ र व्यापार – एकवर्षमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को १२ महिनाको अवधीमा नेपालले यतिधेरै बस्तु तथा सामानहरु आयात गरेको हो यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको सामान आयात भएसँगै नयाँ रेकर्ड कायम भएको हो । अघिल्ले वर्ष सोही अवधिमा १५ खर्ब ३९ अर्ब रकम बराबरको बस्तु आयात भएको थियो ।
भन्सार विभागका अनुसार गत वर्षको १२ महिनाको अवधिमा १९ खर्ब २० अर्ब बढीको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार नेपालले १२ महिनाको अवधिमै १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ आयात हुँदा २ खर्ब अर्बको वस्तु निर्यात भएको बताएको छ ।
अधिल्लो वर्ष सोही अवधिमा १ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा नेपालको आयात २४.७२ प्रतिशतले बढेको छ । यसैगरि, ४१.७४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
गत वर्ष सरकारले आयात उच्च भएको भन्दै विभिन्न वस्तुको आयातमा प्रतिबन्ध गरेपनि अझै आयात रोकिएको छैन । नेपाल राष्ट्र बैंकले ४७ वटा वस्तुको आयातमा प्रतिपत्र (एलसी) को व्यवस्था गरेको छ । सो व्यवस्था गरे पनि आयातमा कुनै कमी देखिँदैन ।
नेपालले आयात गरेको वस्तुको तुलनामा निर्यातको हिस्सा निकै कमजोर रहेको छ । त्यसैले, अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।