logo

धितोपत्र बोर्डले सि–आस्बा शुल्क घटाउने ,बैंक वित्त र ब्रोकर कम्पनीलाई झट्का

    887   पटक पढिएको

३ असार /अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले सि–आस्बा शुल्क घटाउन भनेपछि सि–आस्बामार्फत मोटो शुल्क असुल्दै आएका बैंक वित्त र ब्रोकर कम्पनीलाई झट्का लाग्ने भएको छ ।
धितोपत्र बोर्डको आन्तरिक रूपमा गठन गरेको अध्ययन समितिले ब्रोकर कमिसन र सि–आस्बा शुल्क घटाउन निष्कर्ष निकालेपछि मोटो शुल्क असुल्दै आएका बैंक वित्त र ब्रोकर कम्पनीलाई झट्का लाग्ने अवस्था देखिएको हो ।
अध्ययन समितिले ब्रोकर कम्पनीले लिँदै आएको कमिसन र सि–आस्बा सेवा प्रदान गर्ने कम्पनीले सेवा बापतको शुल्क बढी भएको निष्कर्ष निकालेको बोर्डका एक अधिकारीले जानकारि दिए ।
उनका अनुसार अध्ययन समितिले आस्बा शुल्क र ब्रोकर कमिसन घटाउनुपर्ने निष्कर्षसहितको डाफ्ड बोर्डमा पेस गरेको छ । अहिले अध्ययन समितिले बोर्डमा डाफ्ट पेस गरेको बताउदै उनले भने, ‘अबको एक÷दुई दिनमा अध्ययन समितिले बोर्डमा प्रतिवेदन पेस गर्नेछ ।’ उनले प्रतिवेदन बोर्डबाट पासभएपछि ब्रोकर कमिसन र सि–आस्बा शुल्क घटाइने बताए ।
हाल सि–आस्बा प्रदान गर्दै आएका २७ वाणिज्य बैंकमध्येका नबिल, एनआईसी एसिया र वाणिज्य बैंक सि–आस्बा बापतको शुल्क लिने गरेका छैनन् । अन्य २४ वाणिज्य बैंकले आस्बा शुल्कबापत मोटो रकम असुल्दै आएका छन् । स्टान्डर्ड चार्टर्ड बैंकले त एक कम्पनीको प्राथमिक निष्कासन ‘आईपीओ’ भरेबापत १ सय रुपैयाँ शुल्क लिन्छ ।
त्यस्तै अधिकांश बैंकले २० रुपैयाँदेखि २५ रुपैयाँ लिन्छन् भने केही बैंकहरुले १० रुपैयाँदेखि १५ रुपैयाँ शुल्क लिँदै आइरहेका छन् । एकातिर आईपीओ नपर्ने र अर्कोतिर बैंकहरुले लिने शुल्क चर्को हुन थालेपछि लगानीकर्ताले आईपीओसमेत भर्न छोडेका छन् । करिब ३÷४ महिनाअघि २६ लाखसम्मले आईपीओ भर्ने गरेका थिए । अहिले निष्कासन भइरहेको आईपीओमा करिब १५ लाख आवेदकले मात्र आईपीओ भर्न थालेका छन् ।
सेयरबजारमा सेयर खरिदबिक्री कार्यलाई नै सेयर कारोबार भनिन्छ । यसो गर्दा केही शुल्क तिर्नुपर्छ । लगानीकर्ताले ५० हजारसम्मको सेयर कारोबार (खरिदबिक्री) गर्दा ०.३७ प्रतिशत शुल्क बुझाउनुपर्छ । ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्म ०.३४, २० लाखदेखि १ करोडसम्म ०.३० प्रतिशत र १ करोडमाथिको कारोबारका लागि ०.२७ प्रतिशत शुल्क लाग्छ । सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।