logo

गैरआवासीय नेपालीद्वारा धितोपत्र बजारमा प्रवेश गराउन माग

    915   पटक पढिएको

३ असार/अर्थ र व्यापार – गैर आवासीय नेपालीले प्रवासीको लगानीलाई धितोपत्र विनिमय बजारमा प्रवेश गराउनु पर्ने माग गरेका छन् । गैर आवासीय नेपाली संघले आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको निष्कर्ष निकाल्दै धितोपत्र ऐन तथा नियमावली संशोधन गरी धितोपत्र बजारमा प्रवेश गराउनु पर्ने बताएको हो ।
संघले गैरआवासीय नेपाली ऐनलगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) तथा त्यस सम्बन्धी नियमावली संशोधन गर्न माग गरेको छ ।
गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्न गैरआवासीय ऐनले परिकल्पना गरेअनुसार नेपाली नागरिकसरह न्यूनतम लगानी सीमा लागू नगर्ने व्यवस्था कायम गर्नु पर्ने संघले जनाएको छ । मताधिकारबाट वञ्चित विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माण गर्न संघले माग गरेको छ ।
यसैगरि, नेपाली नागरिकता बाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कुटनीतिक नियोग मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने एवम् राष्ट्रिय परिचय पत्र समेत बनाउन सक्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुको आग्रह छ ।
सरकारले गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकुल वातावरण निर्माण गर्नुका साथै कानुनी बाधा अड्चनलाई संशोधन गर्नुपर्ने संघको माग छ । ब्रिटिस गोर्खा सैनिकको समान हक, अधिकार तथा पेन्सन लगायतका मागहरुको उचित सम्बोधन गर्न सरकारले गरेको पहलको स्वागत गर्दै संघले कूटनीतिक माध्यमबाट बाँकी रहेका समस्या समाधान गर्नुपर्ने जनाएको छ ।
गैरआवासीय नेपालीलाई नागरिकता प्राप्त गर्न कठिनाई हुने भएकाले मुलुकमा बसोबास गर्ने नेपालीलाई हाल प्रदान हुँदै आएको गैरआवासीय नेपाली परिचयपत्रलाई थप अधिकारसहित निरन्तरता दिनुपर्ने संघको माग छ । वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यको लागि आवश्यक संयन्त्र बनाई श्रम सम्झौतामा उल्लेखित सामाजिक सुरक्षा कोषको अनिवार्य कार्यन्वयन गर्नुपर्ने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।