logo

चिनीको मूल्य वृद्धिबारे वाणिज्य विभागले व्यापारीसँग सोध्यो स्पष्टीकरण

    731   पटक पढिएको

३ असार/अर्थ र व्यापार – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य वृद्धिबारे व्यापारीसँग स्पष्टीकरण सोधेको छ । विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीलाई यस्तो स्पष्टीकरण सोधेको हो ।
भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो ।
हाल अत्यधिक रुपमा बजारभाउ अकासिएर चिनीको मूल्यबृद्धिबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए ।
यसअघि चिनी उत्पादक, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग यसबार छलफल गरेको बताउँदै महानिर्देशक शर्माले भने, ‘सरकारी कम्पनीसँग चिनी नभएको पाइयो । निजी क्षेत्रका उत्पादक र व्यापारीले लागत बढेको बताएपछि कारण माग गरेका छौं ।’
व्यवसायीहरुसँग भएको छलफलको क्रममा बजारमा चिनीको अभाव नहुने भए पनि मूल्य बढ्नुको कारण लागत बढ्नु भएको दाबी व्यापारीले गरेको शर्माले बताए । सरकारी स्वमित्वका निकायसँग चिनी कत्ति पनि नभएको र खरिदको कुनै प्रक्रिया पनि नथालेको पाइएको विभागले जनाएको छ ।
केही दिन अघिसम्म काठमाडौं उपत्यका लगायत विभिन्न शहरका पसलहरुमा प्रति केजी ९५ रुपैयाँ रहेको चिनीको बजार मूल्य अहिले अश्वभाविक रुपमा भाउ बढेर प्रतिकेजी ११० रुपैयाँसम्म पु¥याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।