logo

लालबकैया नदीको टिकुलिया पुल निर्माणको सम्झौता तोड्ने निर्णयविरुद्ध अदालतको अन्तरिम आदेश

    784   पटक पढिएको

२० जेठ/अर्थ र व्यापार – सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले गरेको लालबकैया नदीको टिकुलिया पुल निर्माणको सम्झौता तोड्ने निर्णयविरुद्ध जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
पुलको ठेक्का सम्झौता अन्त्य गरेको विरुद्धमा परेको मुद्दामा उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासका न्यायाधीस राजेशकुमार काफ्लेको एकल इजलासले सो निर्णय कार्यान्वयन नगर्न नगराउने आदेश दिएको हो ।
सडक डिभिजन कार्यालय रौतहटले गत ९ जेठको निर्णयअनुसार गत १० जेठमा नै एक राष्ट्रिय दैनिक पत्रिकामा सम्झौता अन्त्यको सूचना निकालेको थियो । अदालतले यो ठेक्का सम्झौता तोड्ने निर्णय र सूचना कार्यान्वयन नगर्न आदेश दिएको छ ।
पुल निर्माणको काम समयमा पूरा नगरेको भन्दै पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको हो । पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियार सडकको निर्णयविरुद्ध उत्प्रेषण÷परमादेशको माग गर्दै अदालत पुगेका थिए ।
आदलतले गत १७ जेठको आदेशमा निर्माण कम्पनीको मागअनुसार उत्प्रेषण÷परमादेश नुहनुपर्ने कारण भए पेश गर्न सडक कार्यालयलाई आदेश दिएको छ । अदालतले सडकसँग १५ दिनभित्र कारण पेश गर्न भनेको छ ।
समयमा पुल निर्माण नभएकोबारेमा पटकपटक स्पष्टीकरण सोध्दा जवाफ नदिएकाले ठेक्का तोड्नु परेको सूचना सडक कार्यालयले निकालेको थियो । निर्माण कम्पनीले सम्झौतअनुसार काम नगरेकाले नियमानुसार नै ठेक्का तोडिएको सडक डिभिजन कार्यालयका प्रमुख दरोगा प्रसाद साह बताउँछन् ।
तर, पप्पुका सञ्चालक रौनियारले स्पष्टीकरणको मौका नै नदिइएको दाबी गरे । स्पष्टीकरण नै नसोधी ठेक्का तोड्नु अन्याय भएको भन्दै उनी अदालत गुहार्न पुगेका थिए ।
यसैगरि, रौनियारले पुलको ६ वटा पिलर निर्माण भई ४ वटा स्ल्यापसमेत तयार भइसकेको र समग्र प्रगति ८२ प्रतिशत पुगिसकेको बताए । उनले पुल निर्माणको म्याद थपका लागि दिइएको निवेदनमा २१ दिनभित्र निर्णय दिनुपर्नेमा सडक कार्यालयले १ वर्षदेखि अन्योलम राखेको पनि बताए ।
सरकारले सबै ठेक्काको म्याद चैतसम्म थपे पनि सडकले सो पुलको ठेक्कामा म्याद नथपेर अन्योलमा राखेको निर्माण कम्पनीले बताएको छ । म्याद थपको फाइल सडक कार्यालयले १ वर्षदेखि दबाएर राखेको निर्माण कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।