logo

श्रम व्यवस्थापनमा विशेष नीति,अब भैरहवा र पोखराबाट पनि श्रमस्वीकृति

सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने

    767   पटक पढिएको

११ जेठ/अर्थ र व्यापार – आन्तरिक श्रम व्यवस्थापनसँगै वैदेशिक रोजगारिको क्षेत्रलाई थप व्यवस्थित एवं सरल बनाउन विशेष नीति लिएको सरकारले अबदेखि भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगारी सम्बन्धी सेवा उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन । उनले आगामी आर्थिक वर्षमा भैरहवा र पोखराबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने कार्य सुरु गरिने बताईन ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई सहजीकरण गर्दै थप दुई प्रदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिन लागेको हो । केन्द्रिकृत रुपमा काठमाडौंबाट मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिँदा कामदारको लागत बढ्ने भन्दै सरकारले यो नीति तथा कार्यक्रम मार्फत नै अब प्रादेशिक रुपमा श्रम स्वीकृति दिन लागिएको बताएको हो ।
यसैगरि,सरकारले नीति तथा कार्यक्रम मार्फत नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने नीति लिने घोषणा गरेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेहरुकालागि नयाँ र आकर्षक श्रमगन्तब्यहरु प्रवद्र्धन गर्ने नीति लिइएको छ । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रममा श्रमको सम्मान र मर्यादित श्रमसहितको श्रमिकको हक अधिकार सुनिश्चित गरिने उल्लेख छ ।
यसैगरि, सार्वजनिक र अन्य क्षेत्रका कार्यक्रममा रोजगारीको सिर्जना गर्न प्रेरित गरिनेछ । सार्वजनिक, निजी र सहकारी क्षेत्रमा उपलब्ध रोजगारीका अवसरसम्बन्धी एकीकृत सूचना प्रणालीको विकास गरी सीप तथा रोजगार ई–डाइरेक्टरी तयार गरिने लक्ष्य सरकारको छ ।
रोजगारीका अवसर सम्बन्धी जानकारी दिन ई–डाइरेक्टरी तयार पार्ने लक्ष्य लिएको सरकारले सिप तथा रोजगार विकासका लागि ई–डाइरेक्टरी तयार पार्ने जनाएको छ । सार्वजनिक निजी र सहकारी क्षेत्रमा उपलब्ध रोजगारीका अवसर सम्बन्धी एकीकृत सूचना प्रणालीको विकास गरी सिप तथा रोजगार ई–डाइरेक्टरी तयार पारिने र वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन हाल विद्यमान वैदेशिक रोजगार सूचना प्रणालीको स्तरोन्नति गरिने घोषणा सरकारले गरेको छ ।
श्रम बजारको माग अनुसारको विशिष्टीकृत सीपयुक्त जनशक्ति उत्पादन गर्नेे र सीप विकास तालिमलाई रोजगारी र उद्यमशीलतासँग आबद्ध गर्ने घोषणा पनि सरकारले गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई सीपअनुसारको व्यवसाय सञ्चानलन र रोजगार सिर्जना गरी समाजमा पुनः एकीकरण गर्ने कार्यक्रमहरु सञ्चालन हुने भएका छन् ।
श्रम बजारमा वर्षेनी आउने श्रमशक्तिलाई योग्यता र रुची अनुसारको सीप विकास, वित्तीय पहुँच एवं सार्वजनिक र निजी क्षेत्रको कार्यस्थलमा तालिमको व्यवस्था गर्ने र सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा क्रमशः आवद्ध गर्दै लैजाने घोषणा पनि भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनःसंरचना गर्ने, रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गर्ने लगायतका योजना पनि सार्वजनिक भएको छ ।
संघ, प्रदेश, स्थानीय तह एवं निजी क्षेत्रसमेतको समन्वय र सहकार्यमा बाल श्रमिकको उद्धार, पुनःस्थापना र पुनर्मिलन कार्यक्रम सञ्चा।लन गर्ने र सबै सरकारी र निजी प्रतिष्ठातनहरूमा श्रम अडिट गर्ने व्यवस्थालाई अनिवार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । वैदेशिक रोजगारीका श्रम सम्झौताको पुनरावलोकन गर्नुका साथै नयाँ र आकर्षक श्रम गन्तव्य मुलुकहरूमा रोजगारी प्रवद्र्धन गर्ने सरकारी योजना छ ।
वैदेशिक रोजगार सूचना प्रणालीको स्तरोन्नति गर्दै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्ने योजना पनि सरकारको छ ।‘वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा निजको परिवारलाई प्रदान गरिने राहत, उद्धार तथा अन्य कल्याणकारी सेवा स्थानीय तहमार्फत् थप प्रभावकारी रूपमा उपलब्ध गराइनेछ’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
निजी क्षेत्रले भट्ट हेर्दा सकारात्मक देखिएको यो नीति तथा कार्यक्रम कार्यन्वयनमा चुनौती रहेको बताएका छन । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले यस्तो प्रतिक्रिया दिएका हुन । यसैगरि, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यसलाई सकारात्मक नै देखिएको प्रतिक्रिया दिएका छन । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि नीति तथा कार्यक्रम सकारात्मक भएको धारणा राखे ।
यसैगरि, सरकारले नीति तथा कार्यक्रम मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमको पुर्नसंरचना गर्ने घोषणा गरेको छ । अबका दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुर्नसंरचना गरिने भएको हो । यसैगरि, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने सरकारको लक्ष्य छ ।
सरकारले आगामी आर्थिक वर्षमा दक्ष र सिपयुक्त श्रमिक उत्पानका लागि विशेष नीति लिने घोषणा गरेको छ । त्यसैगरी, सरकारले प्राङ्गारिक मलको प्रयोगलाई उच्च प्राथमिकता दिने भएको छ । सोही अनुरुप सरकारले प्राङ्गारिक मलमा समेत रासायनिक मलमा सरह अनुदान दिने भएको छ ।
सरकारले यस नीति तथा कार्यक्रम मार्फत हाल अत्यधिक रुपमा बढेको पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा स्वचालित प्रणली लागू गर्ने बताएको छ । यसैगरि, ग्यासको खपत कम गर्न विद्युतको महसुल घटाउने भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कायक्रम मार्फत सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारणलाई स्वचालित बनाइने लक्ष्य पुरा गर्नकालागि पेट्रोलियम पदार्थको आपुर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावित बनाइने नीति समेत लिएको जनाएको छ ।
स्वचालित मूल्य लागू गर्दा यसले पेट्रोल डिजेल तथा ग्यासको मूल्य अझै बढ्ने देखिन्छ । त्यसैगरि, सरकारले ग्यासको खपत कम गर्न विद्युतको महसुल घटाउने भएको छ । सरकारले विद्युतीय बस्तु खपत वृद्धि गर्नका लागि सो योजना अघि सारेको हो ।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा थप २५ हजार घरमा विद्युत सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । जसकालागि ७१५ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइन जोड्ने नीति पनि सरकारले लिएको छ । सरकारले नेपालमा भएका उद्योगहरुले भरतमा विक्री हुनेभन्दा सस्तोमा विद्युत उपलब्ध गराउने घोषणा समेत गरेको छ । त्यस्तै , उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने सरकारको घोषणा छ ।
नीति तथा कार्यक्रम मार्फत सरकारले सार्वजनिक खरिद कानुनमा सुधार, पूर्वतयारी नभएका, आयोजना बैंकमा प्रविष्ट नभएका, वित्तीय अनुशासन कायम गर्ने योजना अघि सारेको छ । स्थानीय तहको राजस्व परिचालन सहज बनाउन आवश्यक मापदण्ड बनाउने र विदेशी सहयोगलाई रुपान्तरणकारी योजनामा परिचालन गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।
उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाउने, वित्तीयरुपमा बोझिला सार्वजनिक संस्थान एकापसमा गाभ्ने वा खारेज गर्ने सरकारले आगामी वर्षका नीतिमा उल्लेख गरेको छ ।
नेपालको क्रेडिट रेटिङ गराउने भएको छ । आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, समान प्रकृतिमा सहकारी कोषलाई एकापसमा गाभ्ने योजनासमेत अगाडि सारिएको छ ।
अर्थतन्त्रको संरचनामा जोखिम बहन गर्ने आर्थिक नीति तयार गर्ने, रुपान्तरण गर्ने आयोजना कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ । पूर्वाधार निर्माण, उत्पादन वृद्धि उत्पादकत्वमा जोड, सङ्घीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा राखिएको छ । कृषि यातायात, ऊर्जा, पर्यटन सूचना प्रविधिलाई अघि बढाइ उत्थानशील अर्थतन्त्र, मुद्रास्फिति वाञ्छित सीमाभित्र राख्निे सरकारको योजना छ ।
त्यस्तै, सरकारले कृषि क्षेत्रको प्रवद्र्धनका लागि रासायनिक मलका अनुदान दिने, कृषिउपजको खरिदको व्यवस्था, लघुबीमाको पहुँच दुर्गम क्षेत्रमा पु¥याउने, उखु किसानलाई विशेष राहतको व्यवस्था, नेपाली कृषि उपजको गुणस्तर र मूल्यमा प्रतिस्थापन गरिने भएको छ ।
यो नीति तथा कार्यक्रम मार्फत सरकारले आर्थिक रुपले विपन्न गरिवको पहिचाहन गरि त्यस्ता गरिब परिवारलाई सरकारी सेवा उपलब्ध गराउन परिचयपत्रको व्यवस्था गरिने बताएको छ । यसैगरि, कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा परिचालन गरिने सरकारी योजना छ । कृषि क्षेत्रको आधुनिकीकरण गरी आर्थिक वृद्धिको आधार बलियो बनाइने सरकारको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।