logo

स्थानीय तहकोे निर्वाचनमा सक्रिय सहभागी हुन महासंघको अपील

    839   पटक पढिएको

२६ बैशाख/अर्थ र व्यापार – देशभरका निर्माण व्यवसायीहरूको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले आगामी ३० बेशाखमा हुने स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी हुन अपील गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले आइतबार अपील जारी गर्दै स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी भई निर्वाचन सफल बनाउन अपील गरेका हुन् ।
‘मुलुक संघीय संरचनामा गएसँगै संघीय, प्रदेश र स्थानीय तहको आवधिक निर्वाचनले नै मुलुकमा विद्यमान संघीय लोकतन्त्रिक व्यवस्थालाई अझ मजबुत र संस्थागत बनाउने निश्चित’ भएको महासंघद्धारा जारि अपीलमा भनिएको छ ।
यसैगरि, महासंघले आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको र स्थानीय सरकारको काम कार्वाहीबाट नै आम जनताले राज्यको सार्थक उपस्थिति महसुस गर्ने तथ्य विगतको पाँच वर्षको अभ्यासबाट पुष्टि भइसकेको पनि सो अपीलमा उल्लेख गरेको छ ।
आगामी ३० बैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा एकैसाथ हुने मतदानमा आफ्ना सबै प्रदेश महासंघहरु, जिल्ला संघहरु, एसोसिएट र वस्तुगत संघ सदस्यहरुलाई सक्रिय रुपमा सहभागी हुन महांघले यस्तो अपील गरेको जनाएको छ । महासंघले आफ्नो अपिल मार्फत शान्त, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने नेपाल सरकारको अभियानमा आ—आफ्नो ठाउँबाट सहयोग गर्न आफ्ना सबै सदस्य व्यवसायीहरूलाई आग्रह गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।