logo

२४ चैतसम्म माग पूरा नभए कन्स्ट्रक्सन होलिडेमा जाने निर्माण व्यवसायीको चेतावनी

    1001   पटक पढिएको

१६ चैत /अर्थ र व्यापार – निर्माण व्यवसायीहरूले आगामी २४ चैतसम्ममा आफ्ना माग पूरा नभए कन्स्ट्रक्सन होलिडेमा जाने भन्दै सरकारलाई एक साताको अल्टिमेटम सहितको चेतावनी दिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेला–२०७८ ले गरेको निर्णय सार्वजनिक गर्दै महासंघले आगामी २४ चैतसम्म सरकारले माग पूरा नगरे व्यवसायी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको हो ।
महासंघका अनुसार यस्तो कन्स्ट्रक्सन होलिडेमा निर्माण गतिविधि पूरै रोकिनेछ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, खरिद नियमावलीको ११औँ संशोधनका केही बुँदा, बिमासम्बन्धी जारी गरिएको निर्देशिका लगायतमा असन्तुष्टि जनाउँदै निर्माण व्यवसायीले कन्स्ट्रक्सन होलिडेमा जाने बताएका हुन् ।
खरिद नियमावली तथा बिमा निर्देशिकालगायतमा भएका प्रावधान संशोधन तथा खारेज गर्दै निर्माण सामग्री तथा पेट्रोलियमा भएको मूल्यवृद्धि फिर्तालगायत निर्माण क्षेत्रका अन्य समस्या समाधान गर्नुपर्ने माग निर्माण व्यवसायीको छ ।

कन्स्ट्रक्सन होलिडे सुरु भए निर्माणमा ढिलाइ भएका आयोजनाहरू अझ ढिला हुनेछन् । महासघका अधक्ष्य रवि सिंहले बिटुमिन, नदीजन्य सामग्री, सिमेन्ट, फलामजन्यलगायतका निर्माण सामग्री, पेट्रोलियम पदार्थलगायत हरेक वस्तुमा अप्रत्याशित रूपमा बढेको मूल्य नघटाएसम्म कन्स्ट्रक्सन होलिडे मनाउने तयारी गरेको बताए ।
महासंघले १७ चैतमा नेपाल सरकारका मुख्य सचिवलाई, प्रदेश महासंघले प्रदेश प्रमुखको कार्यालय र जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा माग पूरा गर्नका लागि ज्ञापनपत्र बुझाउने तयारी गरिएको पनि उनले बताए छ ।
निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण निर्माण कार्यमा समस्या भएको भन्दै निर्माण व्यवसायीले मूल्य समायोजनको माग गरिरहेका छन् । त्यसैगरी, सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनले पनि साना व्यवसायीलाई मारमा पार्ने गरी संशोधन भएको भन्दै निर्माण व्यवसायीहरूले केही बुँदा संशोधनको माग गरिरहेका छन् ।
यसअघि व्यवसायीले देशका ७७ वटै जिल्ला र प्रदेशबाट मूल्यवृद्धिको विरोध गर्दै खरिद नियमावली संशोधनको पनि माग गरिरहेका छन् । खरिद नियमावलीको आपत्तिजनक बुँदामा संशोधन नभए राष्ट्रिय भेलापछि आएका सुझावअनुसार संघर्षका कार्यक्रम अघि बढाउने महासंघलगायतका संघले पनि चेतावनी दिँदै आएका थिए ।
महासंघले सबै ठेक्कामा एक वर्षको म्याद थप्नसमेत आग्रह गरेको छ । महासंघका अधक्ष्य सिंहले नेपाल आयल निगमले इन्धन दिन छोडेको बताए । उनका अनुसार निगमले गाडीमा मात्र इन्धन दिने भनेको छ, हामीलाई गाडीमा हालेको इन्धनले कसरी पुग्छ?,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।