logo

देस निर्वाचनमा होमिएसँगै आर्थिक गतिविधी बढ्यो

वाणिज्य बैंकहरुमा फागुनमा २२ अर्ब निक्षेप थपियो, १७ अर्ब कर्जा प्रवाह

    874   पटक पढिएको

४ चैत /अर्थ र व्यापार – देस स्थानीय निर्वाचनमा होमिएसँगै अहिले आर्थिक गतिविधी बढ्न थालेको छ । जसका कारण वाणिज्य बैंकहरुमा फागुन महिनामै २२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । सोही महिनामा बैंकहरुले थप १७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
यसअघि बैंकहरुमा निक्षेप थपिने क्रमले सुस्ताएपछि बैंकहरुले कर्जा लगानीमा नियन्त्रण गर्न थालेका थिए । केही साता अघिसम्म बैंकहरुले निक्षेप संकलन भन्दा अधिक कर्जा लगानी गर्दै आएका थिए । विगतका महिनामा निक्षेप नथपिए पनि कर्जा लगानीलाई निरन्तरता दिँदै आएका बैंकहरुले फागुन महिनामा कर्जा लगानीमा केही नियन्त्रण गरेका हुन ।
जसले गर्दा फागुनको अन्तिम सातामा ७ अर्ब रुपैयाँ निक्षेप थपिदा ३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन । नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरेयता बैंकहरुले विदेशी मुद्राको कर्जा नियन्त्रण गर्दा फागुन लागेयता विदेशी मुद्राको कर्जा निरन्तर घटिरहेको छ । फागुनको अन्तिम साता वाणिज्य बैंकहरुमा विदेशी मुद्राको निक्षेप एक अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने कर्जा लगानी गरेका छैनन् ।
चालु आर्थिक वर्ष २०७८÷७९ को फागुन महिनामा स्वदेशी र विदेशी मुद्राको कुल निक्षेप २२ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी, सो अवधिमा १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आवको फागुन ३० गतेसम्ममा बैंकहरुमा कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ भने ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो तथ्य बैंकर्स संघले उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।