logo

पेट्रोलको मूल्य फेरि बढेर प्रतिलिटर १५५ पुग्यो

    902   पटक पढिएको


४ चैत /अर्थ र व्यापार – सात समुन्द्रपारिको रुस–युक्रेन झगडालाई बहाना बनाएर विगत केही सातादेखि हरेक वस्तुको मूल्य बढेर मारमा परेका उपभोक्ताको ढाड सेक्नेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले बुधबार मध्यरात १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रुपैयाँका दरले बढाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पुगेको छ । यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३८ रुपैयाँ पुगेको छ । यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १ सय ५१ रुपैयाँ पु¥याएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेर नबढाइएको निगमले जनाएको छ । बुधबार मात्र इन्डियन आयल कार्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार अझै निगमलाई डिजेलमा प्रतिलिटर ३२ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ घाटा रहेको छ । मट्टितेलमा भने प्रतिलिटर २४ रुपैयाँ नाफा रहेको छ ।
यो घाटाबमोजिम निगमले आगामी १५ दिनमा करिब ५ अर्ब ३० करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको बताएको छ । एक महिनामा तीनपटकसम्म बढाइएको यस नयाँ मूल्य समायोजनपछि पनि अझै आगामी १५ दिनमा ४ अर्ब ६५ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २ हजारले वृद्धि गरी नयाँ बिक्री मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ४ सय ९५ कामय गरिएको निगमले जनाएको छ । अझै मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा नै रहेको छ ।
यसअघि बुधबार दिउँसो नै नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको जनाएको थियो । निगमले भारतबाट बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।