logo

निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभा र अधिवेशन शुक्रबारदेखि, अध्यक्षमा ५ जनाको दावी

जेसीबी मुख्य प्रायोजक, झन्डै २ करोड खर्च हुने अनुमान

    1168   पटक पढिएको

२५ फागुन/अर्थ र व्यापार – मुलुकभरका निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा तथा १२औँ अधिवेशन आगामी शुक्रबारदेखि काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । आगामी २९ फागुनसम्म सञ्चालन हुने तीनदिने सोही साधारण सभा तथा अधिवेशनबाट महासंघको नयाँ नेतृत्व समेत चयन हुने छ ।
सो निर्वाचनकालागि महासंघको आगामी अध्यक्षमा पाँचजना व्यवसायी आकांक्षी देखिएका छन् । अहिलेसम्म अध्यक्ष पदमा वर्तमान अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष एवं सल्लाहकार रमेश शर्मा, वर्तमान बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्व महासचिव रामशरण देउजा र नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी महासंघका अध्यक्ष हुमनाथ कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन् ।
अहिलेसम्म अध्यक्षमा चुनावी मैदानमा उत्रिने तयारीमा रहेका कुनैपनि आकांक्षीले आफ्नो प्यानल घोषणा गरेका छैनन् । निर्माण व्यवसायी महासंघका सदस्यहरु धेरैजसो नेपाली कांग्रेस निकट रहेकाले अहिलेका आकांक्षी पाँचै जनाले कांग्रेस पार्टीको निर्णय कुरिरहेका छन् । अझै उनीहरु कांग्रेसको शिर्ष नेताहरुको समर्थन लिन दौडधुपमा लागिरहेका छन् । अन्य पदका आकांक्षीहरुले भने अध्यक्षहरुको कुरा मिलेपछि मात्र आफुअनुकुलको नेतृत्वको प्यानलबाट आ आफ्नो उम्मेदवारी घोषणा गर्ने बताईरहेका छन ।
सो निर्वाचनमा महासंघका सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । त्यसबाहेक ३९ जना एसोसिएट तर्फका प्रतिनिधिले पनि मतदान गर्नेछन् । प्रत्येक प्रदेशबाट १५ जना प्रतिनिधि आउनेछन् । जिल्ला प्रतिनिधिको संख्या भने सम्बन्धित संघको सदस्य संख्यामा निर्भर हुनेछ । यस निर्वाचनमा जिल्ला स्तरबाट आउने साना व्यवसायी नै निर्णायक हुने भएकाले दलहरूको समर्थन पाउने व्यवसायीले मात्रै महासंघमा निर्वाचन जित्ने अवस्था देखिएको महासंघ स्रोतले जनाएको छ ।
पाँचजना अध्यक्ष पदको आकांक्षीहरुमा पूर्वअध्यक्ष शर्मा ‘शर्मा एन्ड कम्पनी’ का सञ्चालक हुन् । कांग्रेस निकट शर्मा ‘निर्माण व्यवसायी संघ’ बाट महासंघमा रुपान्तरण भएपछिको पहिलो अध्यक्ष पनि हुन् । २० वर्षपछि अध्यक्षमा दोहोरिन इच्छा व्यक्त गरिरहेका उनले अब महासंघमा असक्षम नेतृत्व ल्याउने क्रम रोक्नुपर्ने बताएका छन ।
यसैगरि, अर्का अध्यक्षकै आकांक्षी वर्तमान अध्यक्ष सिंह यसअघि नेपाली कांग्रेसकै समर्थनमा महासंघको अध्यक्ष निर्वाचित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनमा समेत संस्थापनइतरको समुहबाट केन्द्रीय सदस्यमा पराजित भएका सिंहले यसपटक पनि महासंघमा पुनः अध्यक्ष दोहोराउन कांग्रेसबाट समर्थन खोजिरहेका छन् । उनी महादेव खिम्ती निर्माण सेवाका सञ्चालक हुन । त्यसैगरि, अर्का अध्यक्षका आकांक्षी निकोलस पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेका छोरा पाण्डेले महासंघमा अघिल्लो कार्यकालमा नै अध्यक्षमा दावी गरेका थिए । तर, वर्तमान अध्यक्ष सिंहले आगामी कार्यकालमा सहयोग गर्ने वचत दिपछि उनी वर्तमान बरिष्ठ उपाध्यक्षमा नै रोकिएका थिए । यसपटक सिंहले दोहोरिन खोजे पनि अब आफुले अध्यक्षमा उम्मेदवारी दिने पाण्डेको भनाई छ । पाण्डेले यो निर्वाचन जित्न ठूला व्यवसायी, नेकपा एमाले र राप्रपाको समर्थन लिन सक्नेछन् । तर, कांग्रेसको समर्थन नपाई चुनाव जित्न कठिन हुने भएकाले अझै उनले विभिन्न नेता मार्फत लबिङ गरिरहेका छन् ।
त्यसैगरि, अर्का आकांक्षी पूर्वमहासचिव देउजा आर कोमल कन्स्ट्रक्सनका सञ्चालक हुन् । कांग्रेस निकट देउजा महासंघका पूर्व अध्यक्ष स्वर्गिय शरद गौचनको नेतृत्वमा महासचिव थिए । त्यसैगरि, अर्का आकांक्षी बिकोइ बिल्डर्सका सञ्चालक तथा कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष कोइरालाले पनि अहिले आफूलाई आम व्यवसायीको समर्थन खोज्दै काँग्रेस पार्टीको शीर्ष नेताहरुलाई भेटिरहेका छन् ।
सो साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको महासंघले जनाएको छ । महासंघका वर्तमान अध्यक्ष रवि सिंह, बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र महासचिव रोशन दाहालका अनुसार यस साधारण सभा तथा अधिवेशनमा करिब १२ सय जना व्यवसायी प्रतिनिधि र १२ सय पर्यवेक्षक गरी कुल २ हजार ४ सय जनाको सहभागीता रहने छ ।
सो अधिवेशनकै क्रममा आगामी नयाँ नेतृत्व चयन गर्नकालागि हुने निर्वाचनबाट कुल ५९ सदस्यीय कार्य समिति मध्ये एकजना अध्यक्ष, एकजना बरिष्ठ उपाध्यक्ष, एसोसियटसहित ८ जना उपाध्यक्ष, एकजना महासचिव, २ जना उपमहासचिव, एक÷एकजना कोषाध्यक्ष र सह–कोषाध्यक्ष सहित जम्मा ४६ पदमा नयाँ नेतृत्व निर्वाचित हुनेछ ।
काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न हुने सो अधिवेशनस्थल बाहिर विभिन्न कम्पनीका ३० वटा स्थल रहने छन् । सो स्टलमा सहभागी हुनेहरुकालागि पनि महासंघले निश्चित शुल्क तोकिएको जनाएको छ । ‘कन्ट्रक्सन रिलेटेड’ कम्पनीका स्टलहरु रहने महासंघले जनाएको छ ।
जसकालागि मुख्य प्रायोजक जेसिबी रहेको छ । सो कार्यक्रमकालागि प्रायोजक एवं स्वास्थ्य उप—समिति संयोजक समेत चयन भएका महासंघका बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेका अनुसार यस साधारण सभा तथा अधिवेशनको मुख्य प्रायोजक जेसीबी रहेको छ । उनले यो अधिवेशन विगतका वर्षहरुको भन्दा थप व्यवस्थित बनाउने प्रयास भईरहेको समेत जानकारि गराए ।
यसैगरि, महासंका अध्यक्ष सिंहले पनि यो साधारणसभा तथा अधिवेशन यसअघिको भन्दा थप व्यवस्थित हुने दावी गरे । उनले यो साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न झन्डै दुई करोड रुपैयाँ खर्च हुने अनुमान महसंघले गरेको बताए । उनले अहिलेसम्म १ करोड ९९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा सो कार्यक्रम सम्पन्न हुनेबेलासम्म थप रकम बढ्न सक्ने बताए ।
महाधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले मन्त्रिपरिषदले सार्वजनिक खरिद नियमावलीको ११ औँ संशोधन गरेर अहिलेसम्म राजपत्रमा प्रकाशन नगर्नु दुःखद भएको बताए । उनले जतिसक्दो छिटो सरकारले सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनलाई कार्यान्वयनमा ल्याउन आग्रह गरे । अहिले मुलुकभरका आम निर्माण व्यवसायी यसैको प्रतिक्षामा रहेको जानकारि गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।