logo

बिटुमिन होइन कंक्रिटको प्रयोग गरेर सडक निर्माण गर्न सरोकारवालाको जोड

    766   पटक पढिएको


१८ फागुन/अर्थ र व्यापार– सिमेन्ट उत्पादक व्यवसायी तथा सरोकारवालाहरुले अब बिटुमिन होइन कंक्रिटको प्रयोग गरेर सडक निर्माण गर्न जोड दिएका छन । नेपाल सिमेन्ट उत्पादक संघले काठमाडौमा आयोजना गरेको कार्यक्रममा व्यवसायी एवं सरोकारवालाहरुले यस्तो जोड दिएका हुन ।
नेपाल सिमेन्ट उत्पादक संघले नेपालमा सडक निर्माण गर्दा सिमेन्ट प्रयोग गर्नु पर्ने धारणा राख्दै एउटा निर्देशिका पुस्तक सार्वजनिक गर्ने क्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन । सरकारले भौतिक पूर्वाधार निर्माण अन्तर्गत सडक निर्माणलाई प्राथमिकतामा दिए पनि त्यसको गुणस्तरमा प्रश्न उठ्ने गरेको भन्दै नेपालमा निर्माण हुने सडकको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको भन्दै संघले सो निर्देशिका पुस्तक जारी गरेको छ ।
विशेषतः अहिले नेपालमा पक्की सडक निर्माण गर्दा बिटुमिनको प्रयोग गरेर कालोपत्र गर्ने गरिन्छ । तर, सिमेन्ट उत्पादक संघले बिटुमिनको प्रयोगले सडकको दीगोपन नहुने, वातावरणलाई असर गर्ने र बेलाबेला स्तरोन्नत्ति गर्नु पर्ने भएको कारणले सरकारको अनावश्यक खर्च पनि बढ्ने उल्लेख गर्दै अब नेपालको सडक निर्माणमा सिमेन्टको प्रयोग गर्नु पर्ने धारणा राखेको थियो ।
संघले इन्स्टिच्युट फर प्रोफेशनल ट्रेनिङ एण्ड म्यनेजमेन्ट (आइपीटीएम) नेपालको प्राविधिक सहयोगमा सो निर्देशिका जारी गर्दै सडक निर्माणमा बिटुमिन प्रयोग गर्दाका वेफाइदा र सडक निर्माणमा सिमेन्ट प्रयोग गर्दाको फाइदाहरु प्रस्तुत गरेको थियो ।
इन्स्टिच्युट फर प्रोफेशनल ट्रेनिङ एण्ड म्यनेजमेन्ट (आइपीटीएम) नेपालका अध्यक्ष किशोर शाक्यले सो निर्देशिका कार्यान्वयन भए नेपालकोे सडक निर्माणमा एउटा कोशेढुङ्गा सावित हुने बताए । उनका अनुसार सो निर्देशिकाको कार्यान्वयन गरेमा देशका सबै सडकहरु गुणस्तरीय र दीर्घकालीन हुनेछन् । उनले अब देशका सबै स्थानीय तहहरुमा निर्माण हुने सडकहरु सिमेन्टको प्रयोगबाट बन्नुपर्ने धारणा राखे ।
यसैगरि, निर्देशिकाको प्राविधिक विषयमा प्रस्तुति दिँदै इञ्जिनियर डा.पदम शाहीले पनि अब देशमा बन्ने हरेक सडकमा सिमेन्टको प्रयोग गर्नु पर्ने जोड दिए । ‘सुरुवाती चरणमा बिटुमिन भन्दा करिब दुई गुणा महँगाृ पर्ने भएपनि कंक्रिटको प्रयोगबाट बन्ने सडक दीर्घकालीन र गुणस्तरीय हुन्छ, दीर्घकालीन रुपमा हेर्दा सिमेन्ट प्रयोगबाट बन्ने सडक नै सस्तो पर्छ, बिटुमिन जस्तो २÷४ वर्षमै बिग्रँदैन, यस्तो सकडमा ईन्धन तथा तेल पनि कम खर्च हुन्छ, वातावणमैत्री पनि हुन्छ, सवारी साधनको चक्का पनि धेरै तात्दैन, बिटुमिनको प्रयोगभन्दा कंक्रिटको प्रयोगबाट सडक निर्माण गर्दा देश र जनतालाई नै फाइदा हुन्छ,’ शाहीले भने ।
उनका अनुसार बिटुमिनको प्रयोगबाटभन्दा सिमेन्टको प्रयोगबाट बनेको सडकमा सवारी गुडाउँदा तेल पनि १४ प्रतिशत कम खर्च हुन्छ । यसैगरि, इञ्जिनियर राजेन्द्रराज शर्माले पनि बिटुमिनको प्रयोगभन्दा कंक्रिटको प्रयोगले बनेको सडक हरेक किसिमबाट प्रभावकारी हुने बताए । सिमेन्टको प्रयोगबाट बनेको सडक सेतो देखिने हुनाले राति सवारी चलाउँदा पनि भिजिविलिटीको समस्या नहुने उनको तर्क छ । उनका अनुसार नेपालमा करिब ५०० किलोमिटरको सडकमा मात्रै कंक्रिट पेभमेन्ट प्रयोग भएको छ ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रबराज थापाले देशमा सिमेन्ट उद्योगहरुले प्रयाप्त मात्रामा सिमेन्ट उत्पादन गरेपनि बजार नपाएको गुनासो गरे । त्यसैले सिमेन्टको खपत बढाउन पनि कंक्रिटको प्रयोग सडक निर्माणमा बढाउनुपर्ने धारणा राखे ।
‘अहिले ६५ वटा सिमेन्ट उद्योगले वार्षिक साढे दुई करोड टन सिमेन्ट उत्पादन गर्छन्, तर देशमा त्यसको ४० प्रतिशत अर्थात १ करोड टन मात्रै खपत हुन्छ, ६० प्रतिशत हामी निर्यात गर्न सक्ने अवस्थामा छौं, यसमा सरकारले सहयोग गरिदियोस्, अहिलेको विकल्प भनेको कि आन्तरिक खपत बढाउनु पर्ने कि निर्यातमा प्राथमिकता दिनु पर्ने नै हो,’ उनले भने ।
उनले आन्तरिक खपत बढाउन विकास खर्च र विकास निर्माणमा ध्यान दिनु पर्ने धारणा राखे । ‘अहिले पूर्वाधारको विकासमा गुणस्तर भएन भन्ने गुनासो पनि आउँछ, सडकहरु १÷२ वर्षभन्दा बढी टिक्दैन भनेर बारम्बार सुनिन्छ, यसलाई कम गर्न अब सडकमा कंक्रिटको प्रयोग आवश्यक छ, त्यसका लागि हामी तयार छौं, सरकारले सहजीकरण गरोस्,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्दप्रसाद ढकालले अब ‘क्वालिटी’सँगै ‘क्वालिटी’मा पनि ध्यान दिनु पर्ने बताए । सडकको बारम्बार स्तरोन्नति गर्नुभन्दा दोब्बर कष्ट परेपनि सडकमा सिमेन्टको प्रयोग नै उत्तम हुने उनको भनाई छ । यसलाई प्राथमिकता दिनु पर्ने उनको जोड छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले पनि आफुहरु यसमा सहकार्य गर्न तयार रहेको सुनाए । उनले यसका लागि सरकारी स्तरबाट पनि पहल हुन आवश्यक रहेको तर्क राखे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि ३ खर्ब लगानी रहेको सिमेन्ट उद्योग क्षेत्रलाई सरकारले पनि विशेष प्राथमिकता दिएर हेर्नु पर्ने बताए । उनले अहिले सिमेन्ट उद्योगहरुको कारणले नै देश सिमेन्टमा आत्मनिर्भर भएको प्रशंग जोड्दै अब सिमेन्टको खपत बढाउन र निर्यातमा सहजीकरण गर्नका लागि सरकारले पहल गर्नु पर्ने धारणा राखे । ‘भारतको सिमेन्ट नेपालको भन्दा सस्तो छ, सरकारले सिमेन्ट उद्योगहरुलाई सहुलियत दिएर सस्तोमा सिमेन्ट निर्यात गर्न सकिन्छ, निर्यात पनि बढ्ने भएपछि देशको अर्थतन्त्रमा पनि टेवा पुग्छ,’ उनले भने ।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले सिमेन्ट उद्योगहरुले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको बताउँदै उद्योगहरुलाई सहज वातावरण सिर्जनाका लागि सरकार सधैं तयार रहेको बताए । ‘सिमेन्ट खपतका लागि बजार उपलब्ध गराउन सकियो भने राम्रो हुन्छ, यसको खपत बढाउन सकियो भने १४ प्रतिशत व्यापार घाटा कम गर्न सकिन्छ भन्ने विषय पनि आएको छ, कंक्रिटबाट बन्ने सडक कष्ट बढी भएपनि दिर्घकालीन रुपमा सस्तो पर्ने देखिन्छ, अब योजना बनाउँदा स्वदेशी उत्पादनमा ध्यान दिन पनि आवश्यक छ,’ उनले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठले सरकारले पनि सडक निर्माण गर्दा सिमेन्ट प्रयोग गर्नका लागि निर्देशिका तयार पारेको जानकारी दिए । ‘यसका लागि हामीले पनि टेक्निकल गाइडलाइन तयार गरेका छौं, हामीले अहिले पनि पानी जम्ने ठाउँमा कंक्रिटको प्रयोग गरेर सडक बनाइराखेका छौं तर, कष्ट बढी नै यसको प्रमुख समस्या छ, अब कसरी अगाडि बढ्न सकिन्छ, छलफल गरौं’ उनले भने ।
उनले अहिले सडकको माग बढी भएकोले पनि सरकारले जति सक्दो कम लगानीमा जोड दिइरहेको बताए । ‘बिटुमिन सडक बढी टिकिरहेको छैन, कंक्रिट पेभमेन्ट गर्दा २८ दिनसम्म राख्नु पर्ने, कतिपय ठाउँमा चाहेर पनि गर्न नसकेको अवस्था छ, बिटुमिनको क्वालिटी राम्रो छैन भन्ने कुरा आइरहेको छ,’ उनले भने । उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेलले पनि सिमेन्टको निर्यातमा सरकार सकारात्मक रहेको तर्क राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।