logo

आत्मनिर्भर घोषणा गरिएकै पशुपंक्षीजन्य बस्तुको आयात उच्च

सात महिनामै डेढ अर्ब रुपैयाँको मासु आयात

    983   पटक पढिएको

१३ फागुन/अर्थ र व्यापार– मुलुकमा परनिर्भरताले चरम सिमा नागिसकेकै कारण अहिले आत्मनिर्भर घोषणा गरिएकै पशुपंक्षीजन्य बस्तुको आयात उच्च देखिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को वितेका ७ महिना ( साउनदेखि माघमसान्त) सम्ममा झन्डै डेढ अर्ब रुपैयाँ भन्दाबढीको मासु आयात आयात भएको छ ।
यसअघि २०७७ सालको चैतमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालले नेपाल पशुपंक्षीजन्य बस्तुमा आत्मनिर्भर भएको घोषणा गरेका थिए । जसमा अण्डा, मासुजन्य वस्तु, कुखुरा लगायतमा मुलुक आत्मनिर्भर भएको बताईएको थियो । तर, यसरी आत्मनिर्भर भएको बताएपनि चालु आर्थिक वर्षको वितेका ७ महिनामा मात्रै यस्ता वस्तुहरु करिव २ अर्ब बराबरको आयात भएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वितेका ७ महिनाको अवधीमा आत्मनिर्भर घोषणा गरिएका पशुपंक्षीजन्य बस्तु मासु लगायत विभिन्न ६ प्रकारका वस्तुहरुको आयात मात्र १ अर्ब ९४ करोड ८९ लाख रुपैयाँ बढिको छ ।
नेपालमै अपुग हुने र अझै यतिधेरै परिणाममा आयात गरी उपभोग गरिने मासुजन्य बस्तुहरुलाई त्यसै हचुवाको भरमा सरकारले यसरी आत्मनिर्भर वस्तुको सूचिमा राखी घोषणा गर्दा अहिले यस्तो तथ्यांक देखिएको सम्बन्धित सरोकारवालाहरुले बताएका छन ।
उनीहरुका अनुसार नेपालमा धेरैजसो बस्तुहरु उत्पादन हुने भएपनि भने बमोजिम अर्थात पुग्ने मात्रामा माग अनुरुप उत्पादन हुन नसक्दा अहिले मासु लगायत हरेकजसो उपभोग्यीय वस्तुहरु आयात गरि ल्याएर खानुपर्ने अवस्था छ ।
चालु आवको वितेका ७ महिनाको तथ्यांक हेर्ने हो भने नेपालले १ अर्ब ३२ करोड रुपैयाँ बराबरको राँगा, खसीबोका, भेंडा र च्यांग्रा आयात गरेको छ । यस अवधिमा नेपालले ७ लाख ७९ हजार बढि यस्ता पशुपंक्षीजन्य बस्तु तथा जनावरहरु आयात गरेको हो ।
मासु उत्पादनका लागि पालन गरिने यस्ता जनावरहरु नेपालमा उत्पादन वा पालन गर्न सकिने भएपनि माग अनुसार नहुँदा आयात गर्नुपर्ने अवस्था आएको हो । डेढ बर्ष पहिले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले खासगरी पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेपनि पशु आयात उल्लेख्य देखिन्छ ।
यसैगरि, चालु आर्थिक वर्षको वितेका पछिल्लो ७ महिनामा नेपालले ३ करोड ८९ लाख रुपैयाँ बराबरको २ लाख ५ हजार बढि केजी मासु पनि आयात गरेको देखिन्छ । पछिल्लो समय नेपाली बजार बढिरहेको र उपभोग्य वस्तुहरुको आयात बढिरहेको अवस्थामा यस्ता वस्तुको खपत बढेको छ । नेपालमै उत्पादन उल्लेख्य रुपमा नहुँदा आयात गर्नुपरेको देखिन्छ । यस अवधिमा नेपालले ३१ करोड ८० लाख रुपैयाँ बराबरको दूध, २२ करोड ६५ लाख रुपैयाँ बराबरको दूधको पाउडर पनि आयात गरेको देखिन्छ ।
नेपालले पछिल्लो ७ महिनामा ३ करोड २३ लाख रुपैयाँ बढिको बटर, घ्यु पनि आयात गरेको देखिन्छ । नेपालले यसअघि अण्डामा पनि आत्मनिर्भर भएको घोषणा गरिसकेको भएपनि नेपालले चालु आवको ७ महिनामा ३ करोड ३७ लाख रुपैयाँ बराबरको अण्डा आयात गरेको छ ।
यस्तै सरकारले कुखुरालाई खुवाउने दानामा पनि आत्मनिर्भर भएको घोषणा गरिसकेपनि यसलाई आत्मनिर्भर मान्न नसकिने व्यवसायीहरु नै बताउँछन् । नेपाल दाना उत्पादन संघका अध्यक्ष रविन पुरीका अनुसार नेपालमा उत्पादन हुने दानाका लागि आवश्यक कच्चा पदार्थ शतप्रतिशत नै विदेशबाट आयात हुने गरेको छ ।
यसरी विदेशबाट आयात भएको कच्चा पदार्थलाई नेपालमा केहि मात्रामा मात्रै भ्यालु एड गरिएकाले यसलाई आत्मनिर्भर वस्तुमा गणना गर्न नमिल्ने उनको तर्क छ । यसका लागि कच्चा पदार्थको कम्तिमा ५० प्रतिशत नेपाली हुनुपर्ने उनले बताए ।
यस्तै उद्योग विभागले पनि विभिन्न २३ वटा औद्योगिक उत्पादनमा नेपाल आत्मनिर्भर बनेको बताएको थियो । विभागले नेपालमा आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरुको विस्तृत अध्ययन प्रतिवेदनमा ह्याचरी,कुखुरा, दूध, मासु, माछा,चिया, पिठो, मसला,पेन्ट, फलाम, जिंक पाता, कागज, ईटा, हरियो तरकारीमा नेपाल आत्मनिर्भर छ ।
यसैगरी, फर्निचर, साबुन÷सर्फ, जीआई पाइप र एचडीपीई पाइपमा समेत नेपाल आन्तनिर्भर बनिसकेको बताएको थियो । तर, यी वस्तुहरुको पनि आयात उल्लेख्य मात्रामा भईरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
नेपालमा उत्पादन हुने वस्तुहरुको भन्सार कडाई गर्न सकिए मात्रै नेपाली वस्तुहरुले बजार पाई विदेशी वस्तुहरु विस्थापन गर्न सकिने व्यवासायीहरु बताउँछन् । नेपाली किसानले बजार नपाएर दूध पोख्नुपरेको गुनासोहरु पनि उत्तिकै सुनिन्छन् ।
यति मात्रै नभई विदेशबाट धुलो दूध ल्याई नेपालमा प्रशोधन पनि गर्ने गरिएको छ । जसका कारण स्वदेशी उत्पादनले उचित बजार नपाउने समस्या पनि उत्तिकै रहेको सम्बन्धीत सरोकारवालाहरु र कृर्षकहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।