logo

व्यापार घाटा बढेर १० खर्ब १५ अर्ब ८० करोड नाग्यो

११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको बस्तु आयात

    947   पटक पढिएको

११ फागुन/अर्थ र व्यापार – चालू आर्थिक वर्षको वितेका सात महिना (साउनदेखि माघमसान्तसम्म) मा मुलुकको व्यापार घाटा बढेर १० खर्ब १५ अर्ब रुपैयाँ भन्दा धेरैले नागेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको गत माघ मसान्तसम्ममा नेपालको कुल व्यापार घाटा बढेर १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ पुगेको हो ।
भन्सार विभागका अनुसार गत आवको सोही अवधिमा नेपालको व्यापार घाटा जम्मा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ बराबरको थियो । अहिले गत आवको भन्दा झन्डै ३ खर्ब रुपैयाँले बृद्धि भएको छ । सो अवधीमा झन्डै साढे ११ खर्ब रुपैयाँ बराबरको सामान आयात हुँदा मुलुकको व्यापार घाटा ३८ दशमलव ४५ प्रतिशतले बढेको हो ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समिक्षा अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँ बराबरको बस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बढीको आयात भएको थियो ।
भन्सार विभागका निर्देशक पुन्यविक्रम खड्काले पछिल्लो समय आयात अस्वभाविक रुपमा बढेका कारण अहिले मुलुकको व्यापार घाटादर थप बढेको बताए । उनले अब यस्तो व्यापार घाटादर घटाउनकालागि सरकारले स्वदेशी बस्तुको प्रवद्र्धन लगायत विभिन्न उपाए खोजिरहेको जानकारि दिए ।
विभागका अनुसार सो अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँ बराबरको बस्तु निर्यात भएको देखिन्छ । गत आवको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । चालू आर्थिक वर्षको वितेका सात महिनाको अवधी गत माघ मसान्तसम्ममा नेपालको वैदेशिक व्यापार ४६ दशमलब ४३ प्रतिशतले बढेको छ । यस अवधिमा वैदेशिक व्यापार बढेर १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँ बराबर पुगेको विभागले जनाएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालमा विभिन्न १४५ वटा देशबाट बस्तु तथा सामान आयात भएको छ । यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको देखिएको छ । चालु आवको सात महिनामा नेपालले भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख रुपैयाँ बढीको बस्तु तथा सामान आयात गरेको छ । सोही अवधीमा नेपालले १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ बराबरको बस्तु तथा सामान निर्यात गरेको छ ।
यो अवधीमा नेपालको भारतसँग मात्रै ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि यसरी धेरै मात्रामा आयात चीनबाट भएको छ । चीनबाट यो अवधीमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख रुपैयाँ बराबरको बस्तु तथा सामान आयात भएको छ । यसैगरि, सोही अवधीमा यहाँबाट चीनतर्फ ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको मात्र निर्यात भएको छ । जसका कारण चीनसँग मात्र १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको विभागको तथ्यांकले देखाएको छ
यसैगरि, यो अवधीमा नेपालबाट १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी बस्तु निर्यात भएको छ । विभागको तथ्यांक अनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा नेपालबाट जम्मा ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो । निर्यातको तुलनामा आयातदर वृद्धि हुँदा अहिले मुलुकको व्यापार घाटा थप चुलिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।