logo

उद्योग परिसंघले ग¥यो एमसीसी टेबलको स्वागत

    1024   पटक पढिएको

९ फागुन/अर्थ र व्यापार– चौतर्फि बिबाद र लामो समयदेखि चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आइतबार संसदमा टेबल भएपछि नेपाल उद्योग परिसंघले यसको स्वागत गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा आए नेपाल र अमेरिकाबीचको ७५ बर्ष लामो सम्बन्ध थप मजबुद हुने परिसंघको धारणा छ ।
सन् २०२६ देखि नेपाल विकासिल राष्ट्रको सूचीमा सुचिकृत हुने भएकाले नेपालको उत्पादन अमेरिका निर्यात गर्न सहयोग पुग्ने परिसंघले जनाएको छ । परिसंघले सम्झौता संसदबाट अनुमोदनका लागि आवश्यक पहल गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सहित अन्य राजनीतिक दललाई धन्यवाद दिएको छ ।
यसैगरि, परिसंघले दीगो विकासका लक्ष्य हासिल गर्न र कोभिड पश्चातको आर्थिक पुनरोत्थानका लागि ठूलो लगानी चाहिएको भन्दै एमसीसी जस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक रहेको धारणा राखेको छ ।
परिसंघले आइतबार विज्ञप्ति मार्फत सार्वजनिक गरेको आफ्नो धारणामा नेपालको आर्थिक विकासमा रणनीतिक महत्व दिने विद्युत र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्वपूर्ण रहेको उल्लेख छ ।
यसैगरि, उद्योग परिसंघले लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दीगो आर्थिक विकासका आधार हुन सक्छन् । दीगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपछिको आर्थिक पुनरोत्थानका लागि ठूलो लगानी चाहिन्छ । यसका लागि पनि एमसिसी जस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक छ भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।