logo

मूल्य बढाउन उद्योगीले रोके चिनी बिक्री

    891   पटक पढिएको

४ फागुन/अर्थ र व्यापार– अझै होलसेल मूल्य बढाउन उद्योगीले चिनी बिक्री रोकेका छन् । दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको होलसेल व्यापारीहरुले बताएका छन् । चिनीको नयाँ बिक्री मूल्य तोक्न र चिनी बजारमा पठाउन गरिएको आग्रह उद्योगीहरुले नमानेको एक व्यापारीले बताए ।
उनले पुरानो अडरको चिनी बजारमा पठाइएको छ, नयाँ चिनीको मूल्य नै नतोकिएको भन्दै दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको बताए । उद्योगले पुरानो चिनी होलसेललाई प्रतिकेजी ८६ रुपैयाँमा बिक्री गर्ने गरेकोमा अब नयाँ चिनीको मूल्य सोभन्दा बढी हुने भन्दै उद्योगीले ब्ल्याकमेलिङ गर्न थालेको ती व्यापारीहरुको आरोप छ ।
नयाँ चिनीको मूल्य प्रतिबोरामा ३६ रुपैयाँसम्मले बढ्न सक्ने जानकारी उद्योगीहरुबाट आएको अर्का होलसेल व्यापारी सञ्जय फुँयालले बताए । टोखा चेम्बर अफ कमर्शका अध्यक्षसमेत रहेका फुँयालका अनुसार अहिले बजारमा पुरानो चिनी मात्रै आइरहेको छ । उनले नयाँ चिनी नआएको मूल्य बढ्ने जानकारी भने आएको बताए । बोरामा ३६ रुपैयाँले बढ्ने चिनीले उपभोक्ताको मूल्यमा भने खासै असर नगर्ने उनले बताए ।
उद्योगीले नयाँ चिनीको बिक्री रोकेको गुनासो आएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘दुई दिनदेखि बजारमा उद्योगीले नयाँ चिनी नपठाएको र मूल्य बढाएपछि मात्रै बजारमा चिनी उपलब्ध हुने जानकारी गराएको जानकारि आफुले पाईको तिमिल्सनाको भनाई छ । चिनी जस्तो अत्यवश्यक वस्तुको बिक्री मूल्य बढाउनकै लागि यसरी विक्री रोक्नु अपराध भएको भन्दै उनले यसबारे आफुहरुले अनुगमनकारी निकायमा जानकारी गराएको बताए ।

स्वदेशी चिनी मिल तथा उत्पादक उद्योगीहरुको छाता संस्था नेपाल चिनी उद्योग संघले विदेशबाट आयात बढेका कारण अहिले यहाँका चिनी उद्योगीहरु संकटमा पर्दै गएको बताएको छ । नेपालमा उत्पादित चिनीको बिक्री न्यून हुनु र लागत भन्दा घटी मूल्यमा बिक्री गर्नु गरेकाले अहिले स्वदेशी चिनी उत्पादक उद्योगहरुलाई संकट उत्पन्न भएको संघले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।