logo

विकास खर्च कछुवा गतिमा

७ महिनामा जम्मा १६ प्रतिशत मात्र पुँजीगत खर्च

    999   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार – सरकारले पूर्वाधार विकास निर्माणका कामहरुलाई तीव्रता दिएको दाबी गरिरहेको क्रममा विगतका वर्षमा झैं यस वर्ष पनि मुलुकको विकास खर्च निराशाजनक नै देखिएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को बतेका सात महिना गत साउनदेखि माघ मसान्तसम्मको अवधीमा जम्मा १६ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च भएको छ ।
चालू आर्थिक वर्ष समाप्त हुन अब पाँचमहिना मात्र बाँकी रहँदासमेत जम्मा १६ प्रतिशत मात्र विकास खर्च हुनु निकै निराशाजनक भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बितेको सात महिनाको अन्तिमदिन २९ माघसम्म जम्मा ६० अर्ब ७८ करोड ९६ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । यो कुल विनियोजित बजेटको १६ दशमलव शून्य ८ प्रतिशत मात्र हो ।
चालू आर्थिक वर्षका लागि सरकारले कुल ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ बराबरको पुँजीगत खर्चको लक्ष्य राखेको थियो । यो लक्ष्यलाई पनि अझै बजेटको अर्धवार्षिक समीक्षामार्फत घटाएर जम्मा ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँमा झारिएको छ । यो कुल विनियोजित लक्ष्यको ९० दशमलव शून्य १ प्रतिशत हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आवको बितेका ७औं महिना माघ मसान्तसम्म कुल बजेट खर्च भने ५ खर्ब ९१ अर्ब २ करोड ४९ लाख रुपैयाँ बराबरको भएको छ । जसमध्ये चालू खर्च ४ खर्ब ७५ अर्ब ६२ करोड ४० लाख रुपैयाँ रहेको छ ।
सो अवधीमा यसरी गरिएको चालू खर्चभित्र प्रदेश र स्थानीय सरकारलाई गएको अनुदान रकम समेत समावेश भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू खर्च विनियोजनको तुलनामा ४४ दशमलव ६५ प्रतिशत भएको हो ।
समीक्षा अवधीमा कुल बजेट खर्चको प्रगति भने ३६ दशमलव २ प्रतिशत रहेको छ । यसअवधिमा वित्तीय व्यवस्थातर्फ ५४ अर्ब ६१ करोड १३ लाख रुपैयाँ खर्च भएको छ । अहिलेसम्म ५२ प्रतिशत राजस्व संकलन भएको छ । राजस्व संकलन यो वर्ष लक्ष्यअनुसार भइरहेको सरकारको दाबी छ । यसरी राजस्व लक्ष्य अनुसारकै संकलन भएको देखिनुमा खासगरी भन्सार राजस्वले ठूलो योगदान गरिरहेको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको बितेका ७ औं महिना माघ मसान्तसम्ममा ६ खर्ब १३ अर्ब ४१ करोड ९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको ५१ दशमलव ९६ प्रतिशत हो । चालू आर्थिक वर्षका लागि सरकारले कुल ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
अहिलेसम्मको अवधिमा अनुदान प्राप्ति १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँको मात्र भएको छ । यो पनि लक्ष्यको २३ दशमलव १७ प्रतिशत मात्र हो । अहिलेसम्मको अवस्थामा राजश्व संकलनदर लक्ष्यअनुसारको देखिए पनि मुलुकको विकास खर्च एकदमै कछुवा गतिमा भइरहेकाले अब यस्तो गति बढाउनेतर्फ पनि महालेखा नियन्त्रक कार्यालयले सरकारको ध्यानाकषर्ण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।