logo

ग्वार्कोमा बन्ने भयो चार लेनको फ्लाइओभर , आशिष समानान्तर रेलिगर जेभीले पायो ठेक्का 

    1217   पटक पढिएको

५ माघ /अर्थ र व्यापार– ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभर निर्माणकालागि ठेक्काको जिम्मा एम–एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले बुधबार एक आशयपत्र जारी गर्दै सो निर्माण कम्पनीले जिम्मा पाएको जनाएको छ ।
सडक विभागको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले सो फ्लाइओभर निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा निर्माण हुने सम्झौता भएको आशयपत्रमा उल्लेख छ । सो फ्लाइओभर निर्माणका लागि केन्द्रले गत असारमा निकालेको ठेक्कामा ९ वटा निर्माण कम्पनीको आवदेन परेका थिए ।
जसमा एमआर भीम÷सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा÷गोल्डेन गुड जेभी, सूर्य÷भ्याली÷विकास÷ब्रदर्स जेभी, एलिट कन्स्ट्रकसन, अनक÷श्रेष्ठ जेभी, तुन्दी÷रसुवा÷रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष÷समानान्तर गरी ९ कम्पनीले आवेदन दिएका थिए ।
विभिन्न ९ कम्पनीमा ८ कम्पनीले दिएको आवेदनको तुलनामा आशिष समानान्तरको सबैभन्दा कम आर्थिक प्रस्ताव पेश भएकाले सो ठेक्का यो निर्माण कम्पनीले पाएको केन्द्रले जनाएको छ । सम्झौता अनुसार कम्पनीले ग्वार्खोमा चार लेनको फ्लाइओभर बनाउने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।