logo

ढाका कपडा तथा वस्तु उत्पादनको प्रदर्शनी पुसमा

    1033   पटक पढिएको

२८ कात्तिक / अर्थ र व्यापार – ढाका कपडा र यसबाट बनेका वस्तुहरूको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरूको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी २ देखि ४ पुससम्म काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा सो प्रर्दशनी र सम्मेलन हुन लागेको हो ।
विगतमा महासंघको पहलमा ढाका उद्यमी व्यवसायीहरूको छाता संस्थाको रूपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थित ढंगले अगाडि बढाउन केही कठिनाइ परेको विगतको अनुभवको आधारमा सो संघलाई पुनर्गठनसमेत गर्नेगरी आगामी २ पुसमा देशभरका ढाका उद्योगी तथ व्यवसायीहरूको राजधानीमा भेला आयोजना गरिन लागेको हो । यस्तै, पुस २ र ३ गते दोस्रो ढाका वस्तु प्रदर्शनी पनि आयोजना गर्नेगरी तयारी भइरहेको संघले जनाएको छ ।
परापूर्वकालदेखि चलिआएको परम्परागत उद्योग व्यवसायमध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पूंजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारीत रहेको आयोजक संस्थाले जनाएको छ । 
ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसँग सञ्चालन गर्न सकिने भन्दै संघले देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म सबै ग्रामीण, अर्धशहरी तथा सहरी क्षेत्रहरूमा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोग गर्ने कार्य हुँदै आएको छ ।
यसबाट एकातिर ग्रामीण क्षेत्रमा स्वरोजगार तथा रोजगार एवं आय वृद्धिमा महŒवपूर्ण भूमिका निर्वाह भएको छ भने अर्कोतिर अन्य मुलुक खास गरेर अमेरिका, जापान, जर्मनी, क्यानडा, स्विजरल्यान्ड, नेदरल्यान्डलगायतका देशमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पु¥याउँदै आउनुका साथै आयातित कपडाहरूलाई प्रतिस्थापन गर्न सहयोग पु¥याउँदै आएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । 
देशकै यस्तो महŒवपूर्ण मौलिक उत्पादनका खास गरेर तीन वटा महŒवपूर्ण पाटाहरू रहेको भन्दै गिरीले  भने, ‘पहिलो स्वदेशी वजारमा व्यापकता प्रदान गर्दैै विदेशबाट आयात हुने कपडाको मात्रा न्यूनीकरणमा सहयोग पु¥याउनु, दोस्रो स्थानीयस्तरमा रोजगारी सृजना गर्नु, ढाका वस्तु उत्पादन गरी बजारीकरण र त्यसको निकासीबाट उद्यमी तथा राष्ट्रलाई हुने लाभ र तेस्रो नेपाली मौलिक उत्पादनको विश्वबजारमा प्रचारप्रसार र पहिचान एवं प्रवद्र्धन हुन गई फेसन इन्डस्ट्रिमा परम्परागत र नविन वस्तुको रूपमा स्थापित हुनु हो ।’
अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था रहेको संघको भनाइ छ ।
अहिले पनि ढाका तथा ढाकाजन्य उत्पादनहरू निर्यात भइरहेका छन तर यस्ता निर्यात भएका ढाका उत्पादनहरूको लेखाजोखा र तथ्यांक राख्ने कार्य भने भएको देखिँदैन । विभिन्न शीर्षक जस्तै हस्तकलाका वस्तु वा सुती कपडाअन्तर्गत ढाकाका वस्तुहरू निर्यात भइरहेका छन । देशभर ५ हजारभन्दा बढी व्यवसायीहरू रहेका छन् भने १ लाखभन्दा बढीलाई रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवद्र्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुन नितान्त जरुरी भएको छ,’ संघका अध्यक्ष रमेश श्रेष्ठले भने । 
श्रेष्ठका अनुसार हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरूमा बजारको माग तथा बदलिँदो परिवेशअनुसार उत्पादन विविधीकरण कार्यको थालनी भएको छ । ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखा परेका समस्याहरू तथा समाधानका उपायहरूको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सुती धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थ समूहबाट हुने र भइरहेको प्रयासलगायत ढाकासँग यावत विषयबारे गहन छलफल गर्न ढाका उद्यमीको राष्ट्रिय भेला बोलाउन लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।