logo

मौद्रिक नीतिको समीक्षा मंसिर पहिलो साता , तयारीमा जुटेको राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा फेरबदल नगर्ने 

    911   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले आगामी मंसिर पहिलो साता चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि जारी गरिएको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैैंकले गत २९ साउनमा ल्याएको चालू आवको मौद्रिक नीतिको समीक्षा गर्न अहिले राष्ट्र बैंकले आवश्यक तयारीलाई तिब्र बनाएको छ ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार अहिले मौद्रिक नीतिको समीक्षाको तयारी भएको छ । मंसिर पहिलो साता गर्न सकिन्छ कि भनेर तयारी भईरहेको भएपनि अझै ठयाक्कै कुन दिन गर्ने भन्ने मिति भने तय भईनसकेको उनले बताए । सह प्रवक्ता पोखरेलले भने, ‘मौद्रिक नीतिको पहिलो समीक्षा गर्ने समय भएकोले त्यसको तयारी हुनुलाई स्वाभाविक र राष्ट्र बैंकको नियमति प्रक्रिया मै पर्छ ।’ राष्ट्र बैंकले हरेक तीनतीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्ने गरेको छ ।
राष्ट्र बैंकले साउन अन्तिममा ल्याएको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा तोकिएको थियो । जुन विषय यो वर्षको सबैभन्दा बढी चासो र बहसको विषय भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयरधितो कर्जामा एउटा व्यक्ति वा फर्मलाई एउटा बैंक वा वित्तीय संस्थाबाट बढीमा चारकरोड र सबै बैंक वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँसम्म मात्रै लिन पाइने नीतिगत व्यवस्था गरेको छ ।
यस्तो व्यवस्थाले सेयर बजारमा पुँजीको अभाव भएकोले बजार घटेको आरोप लागिरहेको छ । यही व्यवस्था कारण शेयर बजार घटेको भनिएपनि राष्ट्र बैंकले ल्याएको यो नीति यति छिट्टै संशोधन वा परिमार्जन नहुने संकेत राष्ट्र बैंकले गरेको छ । 
राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय बैंकले लिने नीति छिटोछिटो परिवर्तन भइहाल्ने भन्ने हुँदैन् । शेयर धितो कर्जा सिमित व्यक्तत्तिलाई रोक्न ल्याइएकोले धेरैको हितमा यो सीमा रहेको उल्लेख छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि गत बुधबार भएको बैंकर्स संघको एक कार्यक्रम र त्यस अघि नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सार्वजनिक कार्यक्रममै शेयर धितो कर्जा सिमित व्यक्तिलाई रोक्न ल्याइएको बताएका थिए ।
जसका कारण पनि सहजै अनुमान लगाउन सकिन्छ । अब यो नीति परिवर्तन हुने छैन । सो कार्यक्रममा गर्भनर अधिकारीले यो व्यवस्था सिमित व्यवसायीले मात्रै प्रयोग गरिरहेकोले साना र अधिकांश व्यवसायीको हितको लागि यस्तो कर्जाको व्यवस्था गर्ने बताए । राष्ट्र बैंकले साना लगानीकर्ताले सहजै लिन सक्ने गरी शेयर धितो कर्जाको अध्ययन समेत गरिरहेकोले तत्कालै शेयर धितो कर्जाको सीमा परिवर्तन नहुने  उल्लेख गरेको छ ।

राष्ट्र बैंकले चालू आवदेखि नै बैंकहरूलाई कर्जाको सीमा बढाउन पुँजी कर्जा निक्षेप (सीसीडी) रेसियो खारेज गरेर कर्जा निक्षेप (सीडी) रेसियो कायम गरेको छ । यो व्यवस्थाले पनि बैंकहरूले कर्जा बढाएको भनिएको छ । तर, राष्ट्र बैंकले सीडी रेसियोको सीमा लागू गर्ने समय भने आगामी असार मसान्तलाई दिएको छ । सीसीडी हुँदा बैंकहरूले ८५ प्रतिशतसम्म कर्जा दिन पाउँथे भने अहिले सीडीको व्यवस्थाले भने ९० प्रतिशतसम्म कर्जा दिने सुविधा पाएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।