logo

सेजमा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने

न्यूनतम स्थिरपुँजी दुई करोडमा झारियो

    1056   पटक पढिएको

२२ कात्तिक/अर्थ र व्यापार – विशेष आर्थिक क्षेत्र (सेज)मा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । सरकारले मुलुकभित्र उद्योग प्रवद्र्धनगरी निर्यात बढाउन सेजको अवधारणा ल्याएको हो । 
सेजमा उर्जामुलुक उद्योग, उत्पादनमुलक उद्योग, कृषिजन्य उत्पादन , वनपैदवारसँग सम्बन्धित उद्योग, खानी उद्योग, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामुलक उद्योग खोल्न सकिने प्रावधान छ । विशेष आर्थिक क्षेत्र नियमावली २०७४ मा सेजभित्र स्थापना गर्न सकिने उद्योगको सूची थियो । सो नियमावलीमा संशोधन गर्दै सरकारले अब खोल्न नसकिने सूची समेत थप गरेको हो ।
थपिएको सूची अनुसार अब सेजमा चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तुको उत्पादन गर्ने उद्योग खोल्न पाइने छैन । ब्राण्डी, साइडर, वियर, वाईन तथा मदिराजन्य उत्पादन गर्ने उद्योग समेत सेजमा खोल्न अनुमति पाइने छैन । विष्फोटक पदार्थ उत्पादन गर्ने र गोलीगठ्ठा, हातहतियार तथा बारुद उत्पादनको अनुमति समेत सेजभित्र नपाइनेगरी नियमावलीले तोकेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र नियमावलीमा पहिरो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सरकारले निर्यात प्रवद्र्धन, व्यापार घाटा कम गर्ने, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, विदेशी लगानी र प्रविधि भित्राउने विशेष सहुलियत दिने गरी सेजको अवधारणा ल्याएको हो ।

अझै अपेक्षाकृत रुपमा सेजमा उद्योगीहरु आकर्षित हुन सकेका छैनन् ।
सेजमा स्थापना हुने उद्योगको न्यूनतम स्थिर पुँजीसमेत दुई करोड रुपैयाँमा झारिएको छ । मन्त्रालयका अनुसार अब विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि अनुमति पत्र प्राप्त गर्न चाहने स्वदेशी लगानीकर्ताले कम्तीमा दुई करोड रुपैयाँ र विदेशी लगानीकर्ताले विदेशी लगानी सम्बन्धी प्रचलित कानूनमा तोकिए अनुसार पुँजी पु¥याएमा सेजमा उद्योग स्थापना गर्न सक्ने भएका छन् । यसअघि सेजमा तीन करोड रुपैयाँ स्थित पुँजी हुने उद्योग स्थापना गर्न सकिने प्रावधान रहेको थियो । 

सरकारले प्रत्येक प्रदेशमा एकएक वटा सेज स्थापना गर्ने लक्ष्य लिएको छ । जसअन्तर्गत भैरहवा सहित सिमरा, पाँचखाल, विराटनगर, कपिलवस्तु, जुम्ला, धनगढी, नुवाकोट, नेपालगञ्ज, झापा, धनुषा,  सिरहा, रौतहट र गोरखामा सेज निर्माण गर्ने योजना छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।