logo

बेमौसमी वर्षाको प्रभाव : ५ अर्बको धानबालीमा क्षति, सबैभन्दा धेरै नोक्सान बर्दियामा

    1325   पटक पढिएको

५ कात्तिक/अर्थ र व्यापार – विगत केही दिन यता परेको बेमौसमी वर्षा र बाडीका कारण मुलुकभरको धानखेतीमा गरि करिब ५ अर्ब रुपैयाँ बराबरको धानबाली क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार अहिलेसम्म करित्र साढे ४ अर्ब रुपैयाँको धानबाली र ३२ करोड रुपैयाँ बढीको नगदेवालीमा क्षेति पुगेको हो ।
मन्त्रालयको अध्ययन अनुसार मन्त्रालयले देशभरबाट संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार १ लाख ६१ हजार २२३ मेट्रिक टन धानबारीमा क्षति पुग्दा ४ अर्ब ५१ करोड ४२ लाख २५ हजार रुपैयाँ कृषकले गुमाएका हुन् । गत ३१ असोजदेखि लगातार परेको बेमौसमी वर्षाले भित्राउने बेला भएको मंसिरे धानबालीमा क्षति पुराएको हो । मन्त्रालयले गत २ कात्तिकसम्मको क्षतिलाई आंकलन गर्दै यस्तो प्रारम्भिक अनुमान गरिएको जनाएको छ ।
लुम्बिनी प्रदेशमा धेरै क्षति
मन्त्रालयको अध्ययन अनुसार वर्षाका कारण अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशका जिल्लामा धेरै क्षति भएको छ । जसअनुसार बर्दिया जिल्लामा सबैभन्दा धेरै क्षेति पुगेको छ । बर्दियामा १० हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति हुँदा एक अर्ब ३५ करोड ६१ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
बर्दियापछि कपिलबस्तुमा ८ हजार हेक्टर क्षेत्रफलमा एक अर्ब १३ लाख ८० हजार, बाँकेमा ७ हजार हेक्टर क्षेत्रफलमा ७८ करोड ९२ लाख, प्युठानमा १२ करोड ४१ लाख र नवलपरासीमा ११ करोड ५६ लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ ।
मन्त्रालयले काटिएको धानमा मात्र वर्षाले क्षति पुगेको भन्दै काटेको धानको मात्र क्षति विवरण संकलन गरेको हो ।
लुम्बिनीपछि प्रदेश १ र सुदूरपश्चिमको धानबालीमा वर्षाले बढी क्षति पुर्याएको छ । बिहीबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशले मात्रै मन्त्रालयमा प्रारम्भिक तथ्यांक पठाएको जनाईएको छ । मन्त्रालयको तथ्यांक अनुसार निरन्तरको वर्षाका कारण पाल्पा, गुल्मी, अर्घाखार्ची, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बर्दिया, रुकुम पूर्व, प्युठान, रोल्पा लगायतका जिल्लामा लगाईएको धानबालीमा क्षति पुगेको छ । यस्तै, मन्त्रालयले राहत प्याकेज कार्यक्रम अन्तरगतका तरकारी तथा गहुँबालीमा समेत वर्षाले क्षति पुगेको जनाएको छ ।
जसअनुसार गहुँको उन्नत विउ वितरणमा २४ करोड ९४ लाख ८० हजार र मसुरोको उन्नत विउ वितरणमा ६ करोड ७८ लाख ८० हजार र तरकारी बिउ तथा हिउदे मकै अन्यको विउ वितरणमा ९५ लाख ४४ हजार रुपैयाँ क्षति पुगेको छ । उक्त राहत अन्तरगत ४२ हजार ७२७ हेक्टर क्षेत्रफलमा ३२ करोड ६९ लाख बढीको क्षति भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।